पाठ्यपुस्त अभावसँगै शिक्षक अनुपस्थित हुदाँ विद्यालय सञ्चालन हुन सकेनन्

पाठ्यपुस्त अभावसँगै शिक्षक अनुपस्थित हुदाँ विद्यालय सञ्चालन हुन सकेनन्

दुर्गा वि.सी
सल्यानको उत्तरी पश्चिम क्षेत्रका अधिकांस विद्यालयमा पाठ्य पुस्तक आभाव भएको छ । छिटफुट रुपमा एक दुई वटा विद्यालयले पाठय पुस्तक पाए पनि त्यो पनि पुरा सेट नपाएको विद्यालयका प्रअहरुले जनाएका छन् । शैक्षिक सत्रको सुरुमा पाठ्य पुस्तक पाउनु पर्ने हो तर विद्यार्थी भर्ना भएको १ महिना विति सक्दा समेत पाठ्य पुस्तकसँगै कक्षा सञ्चालन नहुदाँ पठन पाठन ठप्प रहेको छ । schoolवार्षिक परिक्षा सञ्चालन हुदै गर्दा परिक्षाको काम नगरी विद्यालय छाडेर घर गएका केहि विद्यालयका शिक्षकहरु समयमा विद्यालय नर्फकदाँ विद्यार्थीको पढाई सञ्चालन हुन नसकेको देखिन्छ । केहि सञ्चालनमा आएका एक दुई वटा विद्यालयहरुमा भने पाठ्यपुस्तकको अपुग भन्दै शिक्षकहरु नपढाई दिनधारै घर तर्फ हिड्ने गरेको अभिभावकको गुणासो छ । चैत्र र बैशाख २ महिना सम्म सरकारी विद्यालयका शिक्षले फुर्सद पाउने गरेका छन् । ठिक समयमा विद्यालय नआउँदा विद्यार्थीको पढाईमा प्रत्यक्ष असर परेको छ । यहाँका अधिकास विद्यालयको प्रशासनीय पाटो फितलो भएको र जिल्ला शिक्षा कार्यलय सल्यानको अनुगमन नहुदाँ सरकारी स्कुले जागिरे खाएका शिक्षकहरुको चरम लापरवाहि वढेको भेटिन्छ । समयमा विद्यार्थीले पाठ्यपुस्तक नपाउनु,समयमा विद्यार्थीको पढाई सञ्चालनमा ध्यान नदिनले यहाँको शैक्षिक स्तर प्रतिवर्ष खस्कदै गएको छ ।

प्रतिक्रिया