सेडा नेपाल द्वारा शैक्षिक सामाग्री वितरण

सेडा नेपाल द्वारा शैक्षिक सामाग्री वितरण

आधारभुत आवश्यक्ता गाँस, बास र कपास जस्तै मानविय जिबनमा शिक्षाको पनि त्यतिकै महत्व रहने गर्दछ । शिक्षालाई मानिसको तेस्रो आखाको रुपमा लिने गरेता पनि नेपालका कतिपय बालबालिका बुवा ÷आमाको मृत्यू हुने, आमाले बहुबिबाह गरी अन्तै जाने, बुवाले सौता हाल्ने, घरको आर्थिक अबस्था कम्जोरका कारण कमाउन भारत जाने जस्ता घरायसी कारणले बालबालिका मामाघरमा वा बाजे बज्यै संग बस्न बाध्य छन । बुढा बाजे बज्यैले पनि कमाउन नसक्ने घरको आर्थिक अबस्था कमजोर जस्ता समस्याले गर्दा बालबालिका बिद्यालय छोडने र कम मात्रामा विद्यालय आउने जस्ता समस्या ग्रामिण क्षेत्रमा रहेका छन् । बालबालिकाको समग्र अबस्थामा सुधार ल्याउन अष्ट्रेलिया सरकार, कारितास अष्ट्रेलिया र कारीतास नेपालको आर्थिक सहयोग तथा सामाजिक बातावरण विकास संगठन नेपाल (सेडा नेपाल) दैलेखको साझेदारीमा कट्टी र तोली गाविसमा संचालित बालबालिका तथा यूवा शसक्तिकरण परियोजना अन्तरगत कट्टी गाविसका पाँच वटा विद्यालयका १० जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । बालबालिकालाई सेडा नेपाल दैलेखका परियोजना संयोजक चेतन कुमार बिष्ट र फिल्ड संयोजक कबिराम शर्माले बालबालिबालाई विद्यालयको पोशाक र झोला एक एक थान र बर्ष भरी पुग्ने कापि कलम वितरण गरीएको छ । बालबालिकाको भाग्य रेखा कोर्ने काम शिक्षाले गर्ने भएकोले बालबालिकालाई सहयोग गरेको परियोजना संयोजक बिष्टले बताए । हाम्रो संस्थाले गरेको सहयोग प्रयाप्त नहुन सक्छ किनकि यहाँ आर्थिक अबस्था कमजोर भएका बालबालिका धेरै छन जति सहयोग गरेका छौ त्यसलाई उचित तरीकाले प्रयोग गरे केहि बिद्यार्थिको भविष्य बन्न सक्छ ।
यसै गरी संघ सस्थाहरुले सहयोग गर्दै गए बालकालिका शिक्षाको ज्योतिबाट बन्चित हुन नपर्ने आर्दश निमाविका शिक्षक धन बहादुर सिंहले बताए । शैक्षिक सामाग्री सहयोग पाउदा बालबालिका, अभिभावक र विद्यालयका शिक्षक खुसि हुनुका साथै सेडा नेपाल दैलेखलाई धन्यबाद समेत दिएका छन । परियोजना संचालित कट्टी गाविसका ५ वटा विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको र अब लगतै तोली गाविसमा ५ वटा विदालयमा पनी शैक्षिक सामाग्री सहयोग गरीने परियोजना संयोजक बिष्टले जानकारी दिए ।

प्रतिक्रिया