एजेन्सी समन्वय गोष्ठी सम्पन्न

एजेन्सी समन्वय गोष्ठी सम्पन्न

७ जेष्ठ, दैलेख— जिल्ला विकास समिति सामाजिक विकास शाखाको आयोजनामा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम सामाजिक परिचालन एजेन्सी समन्वय गोष्ठी सम्पन्न भएको छ । स्थानीय विकास अधिकारी श्री हरि प्याकूरेलको अध्यक्षतामा संचालित गोष्ठीमा जिल्ला विकास समिति सामाजिक विकास अधिकृत श्री खम्मबहादुर थापाले स्वागत गरेका थिए भने कार्यक्रम स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका फोकल व्यक्ति श्री चित्र खनालले गरेका थिए । SM Agency (4) SM Agency (3) SM Agency (2) SM Agency (1)गोष्ठीको उद्देश्य माथि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम क्षेत्रीय कार्यक्रम सहयोग ईकाई नेपालगञ्जका सामाजिक परिचालन तथा जीविकोपार्जन विज्ञ श्री अर्जुन सुवेदीले प्रकाश पारेका थिए । त्यसै गरी स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको संक्षिप्त जानकारी र उपलब्धीका बारेमा क्षेत्रीय कार्यक्रम सहयोग ईकाई नेपालगञ्जका अनुगनम, मूल्यांकन तथा प्रतिवेदन अधिकृत श्री मदन आचार्यले प्रष्टाएका थिए । मध्यपश्चिमाञ्चल विकास क्षेत्र भित्रका १५ जिल्लाका ४७७४ वडा नागरिक मञ्च, १३०४ नागरिक सचेतना केन्द्रहरुमा विशेष गरी ३ वटा मुख्य क्षेत्रः स्थानीय÷संघीय शासन पूनर्गठन, स्थानीय निकायको सेवा प्रवाह र नागरिक सशक्तिकरणमा कार्य गरेका र केही हद सम्म सफलता मिलेको बताएकाछन् ।
स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजनाका जिल्ला संयोजक श्री दुलर्भकुमार बोगटीले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगत दैलेख जिल्लामा ७ वटा स्थानीय सेवा प्रदायक संस्थाहरु, ७ जना संयोजक र ६८ जना सामाजिक परिचालकहरु मार्फत जिल्ला ४९ गाविस, २ नगरपालिका र १ जिल्ला विकास समितिमा कार्य गरिरहेको बताए । कार्यक्रमको मुख्य उपलब्धीका साथै जिविस र गाविस स्तरमा रहेका विभिन्न समिति÷उपसमितिहरुको सक्रियता बढाउन सबै पहल गर्नुपर्ने, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगत परिचालित सामाजिक परिचालकहरुको भूमिका अझ प्रभावकारी हुनुपर्ने, राजनैतिक नेतृत्वलाई स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम र सामाजिक परिचालकहरुको भूमिका विषयमा अनुशिक्षण गर्नुपर्ने, अनुगमन, मूल्यांकन र पृष्ठपोषणलाई नियमित गरिनुपर्ने, सरकारको नीति, विधि र कार्यविधिहरुको कार्यान्वयनमा सबैले जोड दिनुपर्ने सुझाव राखेका थिए । सामाजिक परिचालनका क्षेत्रमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगतका सामाजिक परिचालकहरुको भूमिका केही गाविसमा बाहेक प्रभावकारी नभएको, सामाजिक परिचालकहरुको कार्ययोजना तयार नहुने र समन्वयकारी भूमिका नभएको र वडा नागरिक मञ्चको काम कर्तव्यका साथै सेवा सुविधाका बारेमा वडा नागरिक मञ्चका पदाधिकारीहरुलाई जानकारी नभएको गुनासो सेवक नेपाल दैलेखका अध्यक्ष श्री महारुप खत्रीले व्यक्त गरेको थिए । जिल्ला खाद्य सुरक्षा अनुगमन प्रणाली विश्व खाद्य कार्यक्रमका जिल्ला संयोजक श्री नरेन्द्र के.सी.ले जिल्ला थुप्रै सरकारी तथा गैर सरकारी संघ संस्थाहरु कार्यरत छन् सबैका आ आफ्नै तथ्यांक छन् । यसका लागि तथ्यांक संकलन गर्दा ध्यान दिई सबै खाले तथ्यांकको संकलन र अद्यावधिकमा सामाजिक परिचालकहरुको अहम् भूमिका रहनु पर्ने कुरा व्यक्त गरेका थिए । जिल्ला विकास समिति÷ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना जिल्ला जलश्रोत सल्लाहकार श्री कर्ण के.सी.ले जिल्लामा विभिन्न किसिमका योजना बनेकाछन् त्यसै गरी गाविस तहमा पनि योजना निर्माण हुने गर्दछन् । योजना तर्जूमाका चरणमा ती योजनामा परेको कार्यक्रम र क्रियाकलापहरु समावेश नहुनु को पछाडी के छ ? भनि जिज्ञासा राखे । गाविस तहमा बनेका जलउपयोग गुरुयोजनाहरु छन् जसमा गाविस स्तरका सबै तह र तप्काको उपस्थित सघन रहन्छ र पनि गाउँ परिषदमा आउँदा ती योजनाहरु सम्बोधन नभएको पाइयो । त्यसका बारेमा सचेत हुनु जरुरी रहेको बताए । गाविस तहमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगतका सामाजिक परिचालकको नेतृत्वमा गाविस भित्र कार्यरत सबै संघ संस्थाका सामाजिक परिचालकहरुको मासिक समन्वय बैठक गर्न परिपत्र भए पनि सोको कार्यान्वयन नभएकाले कार्यरत सामाजिक परिचालकहरुले यसलाई कार्यान्वयनको पहल गरिदिन आग्रह गर्दै जिल्ला विकास समिति मातहत सामाजिक विकास शाखाको समन्वयकारी भूमिकामा जिल्लामा कार्यरत सबै गैर सरकारी संघ संस्थाहरुको विगतमा थालनी गरिएको द्वैमासिक बैठकलाई निरन्तरता गर्न सके अहिले देखिएको दोहोरोपना, एक अर्कामा हुने समन्वयको कमी कम गर्न सहयोग हुने भएकाले त्यस तर्फ आवश्यक पहल गर्न आग्रह सोसेक नेपाल दैलेखका कार्यकारी निर्देशक श्री डम्बरबहादुर कार्की व्यक्त गरेका थिए । त्यसै गरी जिल्लामा कार्यरत गैर सरकारी संघ संस्थाहरुको सुशासनलाई हुर्नुपर्ने, कार्यक्रम आयोजना गर्दा कार्यक्रमको अध्यक्षता गर्ने व्यक्ति पुरै समय कार्यक्रममा हुनुपर्ने, जिविस मातहतका समितिहरुमा सदस्य छनौट गर्दा पूर्व जानकारी गराउनु पर्ने र राजनैतिक नेतृत्व तहमा रहेका व्यक्तिहरु अध्यक्ष रहेका संस्थाहरुका बारेमा केही गरिनुपर्ने कुरा हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपाल जिल्ला संयोजक श्री शिल्पा कुँवरले व्यक्त गरेकी थिइन । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगत कार्यरत सामाजिक परिचालकहरुका तर्फबाट जगनाथका सामाजिक परिचालक श्री जनक अधिकारीले थोरै पारिश्रमिकमा कार्य गर्दा कार्य गर्न कठिन भएको र त्यस विचार गरिदिन नीतिगत तहलाई आग्रह गरे त्यसै गरी खड्कवाडाकी सामाजिक परिचालक श्री यमुना ढकालले गैर सरकारी संघ संस्थाका कर्मचारीहरुले समन्वय नगरेको र तथ्यांक आवश्यक भए मात्र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालकसँग समन्वय गरेको कुरा व्यक्त गरिन ।
गोष्ठीमा उपस्थित सहभागिहरुबाट आएका गुनासा र सुझावको प्रतिवेदन तयार गरी पेश गर्ने आगामी सामाजिक परिचालन समन्वय समितिको बैठकमा आवश्यक छलफल गर्न आग्रहका साथै स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालकहरु सहजकर्तामात्र भएको कुरा अर्जुन सुवेदीले व्यक्त गरे । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालन निरीह प्राणी हुन, जो थोरै पारिश्रमिकमा परिचालित छन् क्षमता अनुसारको कार्य सम्पादन गरेकोमा प्रशंसा गरे, साथै जिल्लाका कार्यरत सबै सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको गाविस तहमा जाँदा पहिलो सम्पर्क व्यक्त भनेकै स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालक हुन् त्यसैले उनिहरुसँगको समन्वयमा गाविसको वस्तु स्थिती लिई आ आफ्ना कार्यक्रमको बारेमा गाविस तहमा अभिमूखिकरण वा परिचयात्मक कार्यक्रम गरेर कार्यक्रम शुरु गर्न समेत आग्रह गरे ।
गोष्ठीको समापन मन्तव्य दिँदै जिल्ला विकास समितिका कार्यक्रम अधिकृत श्री पदम सापकोटाले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एक राम्रो कार्यक्रम हो त्यसले परिचालित सामाजिक परिचालकहरुले तथ्यांकमा सुधार गर्नुपर्ने क्षेत्रमा सुधार गरी अद्यावधिक गर्न, कार्य विवरणमा उल्लेख भए अनुसारको कार्य गर्न र आवश्यक परेमा मात्र गाविसको कार्यमा सहयोग गर्न, गाविसमा सबै क्षेत्रबाट सञ्चालन हुने विकास निर्माणका योजनाहरुको गतिविधीहरुको यथाशक्य छिटो सूचना प्रवाह गर्न सामाजिक परिचालकहरुलाई आग्रह गर्दै गोष्ठी समापन भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया