प्रेस चौतारी नेतृत्व निर्विरोध

प्रेस चौतारी नेपालको शनिवार सम्पन्न आठौं राष्ट्रिय अधिवेशनले गणेश बस्नेतको अध्यक्षतामा ७९ सदस्यीय केन्द्रीय कमिटी निर्विरोध चयन गरेको छ । अधिवेशनले १० जना उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ७ सचिव र विभिन्न क्षेत्र, जाति र समुदाय समेतका ५८ जना सदस्य चयन गरको छ ।
नवनिर्वाचित केन्द्रीय कमिटीको सदस्यमा दैलेखका गोविन्ददेव भारती चयन हुनुभएको छ । उहाँ प्रदेश नं. ६ का ३ सदस्य मध्ये सहमतीमा छानिनु भएको हो । प्रदेश नं. ६ का अरु सदस्यहरुमा त्रिभुवन बीसी र प्रतिमा परियार पनि पर्नु भएको छ ।
प्रेस चौतारी नेपालमा दैलेखले केन्द्रीय सदस्य पाएको यो तेश्रो पटक हो । यस अघि २०६९ मा विराटनगरमा भएको सातौं अधिवेशनबाट अमर सुनार र त्यसअघि २०६६ मा बुटवलमा भएको छैटौं अधिवेशनबाट यज्ञराज थापा केन्द्रीय सदस्य हुनु भएको थियो ।
प्रतिक्रिया