पूर्ण सरसफाई गाविस घोषणाको लागि तोलि मा २ दिने तालिम सम्पन्न

पूर्ण सरसफाई गाविस घोषणाको लागि तोलि मा २ दिने तालिम सम्पन्न

दिलकुमारी थापा
सामुदायिक स्वयंसेवक, तोली
८ जेठ, २०७३, हिजो देखि संचालन भइरहेको पूर्ण सरसफाई सम्बन्धि २ दिने अभिमुखिकरण गोष्ठी तोलि गाविसको घरेलुबजारमा आज सम्पन्न भएको छ ।
खुला दिशामुक्त क्षेत्र घोषणा भैसकेको तोली गाविसलाई पूर्ण सरसफाई यूक्त गाविस घोषणाका लागि आवश्यक पर्ने सूचकहरुको बारेमा गाविस स्तरीय सरोकारवालाहरुलाई अनुशिक्षण गराउने उद्धेश्यले उक्त हिजो देखि तालिम संचालन गरिएका थियो ।
गाविस स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छन्दता समिति तोलिको आयोजनामा ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोग र सोसेक नेपालको सहजिकरणमा सम्पन्न उक्त २ दिने तालिममा भिवाससिसिका पदाधिकारीहरु, वडा नागरिक मंचका संयोजकहरु, महिला स्वास्थ्य स्वयंसेवीका लगायत ३५ जना सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना दैलेखका प्राविधिक चित्र बहादुर विष्ट र सोसेक नेपालका फिल्ड संयोजक जितेन्द्र वि.क.ले पूर्ण सरसफाईका १० वटा सूचकहरुको बारेमा सहजिकरण गर्दै सफा चर्पिको प्रयोग, शुद्ध पानिको प्रयोग, भांडा सुकाउने चाडं, फोहोर प्mयाक्ने खाडल लगायतको व्यवस्थापन गरे मात्र पूण सरसफाई तर्फ गाविसलाई उन्मुख गराउन सकिने बताउनु भएको त्यंहांबाट सामुदायिक स्वयंसेवक दिल कुमारी थापाले बताउनुभयो ।

प्रतिक्रिया