देहरादुनमा सल्यानका एकै गाउका दश जनाको पहिरोमा परि मृत्यु

देहरादुनमा सल्यानका एकै गाउका दश जनाको पहिरोमा परि मृत्यु

 मुम्बई, शेरबहादुर थापा ।

नेपालको सौगाउ, कापडीचौर सल्यानदेखि देहरादुन नजिकै सडक निर्माणको काम गर्न आएका दश जना नेपाली कादारको पहिरोमा पुरिएर मृत्यू भएको छ । अचानक उनिहरु बस्ने कोठामा ठुलो पहिरो खसेको थियो । जसले गर्दा कोठामा बसेका सबै १६ जना नै पुरिएका थिए । मृतकको लाशलाई डोजरको सहायतामा बाहिर निकाली सकिएको बताइएको छ । स्थानीय प्रशाशन, राजस्व प्रहरी, र स्थानीय वासीहरु ठुलो संख्यामा राहतमा जुटेपछि ६ जनाको घाइते अवस्थामा उद्वार गरिएको थियो । घाइते अवस्थामा रहेका उनीहरु मध्ये पाँच जनालाई टुयनीमा पठाइएको छ भने एकको देहरादुनमा उपचार भइरहेको छ । मृत्यू हुनेहरुमा दिपक बहादुर उनकी पत्नि कुमारी र छोरा भुपेन्द्र, विनिता, कुमारी श्रद्वाना, जीवन, तारा कुमारी, धनबहादुर, धनकुमारी र भरत बहादुर रहेका छन । उनिहरु सबैजना एकै गाँउका भएको हिन्दुस्तान टाइम्सले छापेको छ । सौ त्यहाँका जिल्लाअधिकारी रविनाथ रमणले पहिरोमा परि मरेकाहरुको परिवारजनलाई जनहि चार–चार लाख आर्थीक सहायता दिइने घोषण समेत गरेका छन । मृतकको त्यही अन्त्येष्टि गरिने बताइएको छ ।

प्रतिक्रिया