अपर कर्णाली जलविद्युत आयोजनाको समर्थन र विरोधमा सभा

अपर कर्णाली जलविद्युत आयोजनाको समर्थन र विरोधमा सभा

दैलेख– अपर कर्णाली जलविद्युत परियोजनाको विरोध सभा भईरहँदा नजिकै आयोजनाको पक्षकाले पनि सभा गरेका छन् । विरोधमा उत्रिएका साना दलहरुले सोमवार विरोध सभा गरेका थिए। विरोध सभालाई लक्षित गरेर स्थानीयले सोही स्थान नजिकै आयोजनाको पक्षमा सभा गरेका हुन् ।राष्ट्रिय जनर्मार्चा, नेकपा क्रान्तिकारी–माओवादी, नेकपा, माओवादी, कर्णाली जलाधार संरक्षण समाज र कर्णाली बचाउ अभियाले संयूक्त रुपमा विरोध सभा गरेको हो । सात्तला गाविसस्थित रामघाट बजारमा सभा सुरु हुने वित्तिकै आयोजनाको पक्षमा रहेकाहरुले ५० मिटर नजिकै माथिल्लो कर्णाली निर्माण गर्नुपर्छ भनेर सभा नै गरे । दुई पक्षबीच हुनसक्ने झडपलाई रोक्न तिन वटै सुरक्षा निकाय खटिएका थिए । दैलेख प्रहरी प्रमुख डिएसपी वीर बहादुर ओली नेतृत्वमा नेपाल प्रहरी र शसस्त्र प्रहरीका डिएसपी सरोज खड्काको टोली खटिएको थियो । सुर्खेतबाट थप शसस्त्र प्रहरी तैनाथ रहेका थिए । विरोध सभाको प्रमुख अथिति नेकपा क्रान्तिकारी– माओवादीका अध्यक्ष मोहन बैद्य (किरण) रहेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, एकीण्कृत माओवादी, राप्रपा नेपालका नेता कार्यकर्ताहरु आयोजनाको पक्षमा सहभागी भएका थिए । ती पार्टीका जिल्ला स्तरीय नेताहरु सहभागी थिए । सात्तला, लयाटीविन्द्रासैनी, सिगौडी, रहफ, भैरवस्थान गाविसहरुमा आयोजना प्रभावित क्षेत्रका स्थानीय सरोकार समितिले आयोजनाको पक्षमा कार्यक्रम गरेका थिए ।

दुवै पक्षबीच हुनसक्ने झडपलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी खटिए । दुवै सभाबाट एकले अर्कोलाई आरोप प्रत्यारोप लगाए । एक पक्षले विरोधको नाममा कमाउ धन्दा गरेको आरोप लगाए भने अर्को पक्षले आयोजना राष्ट हितमा नभएकाले कुनै पनि हालतमा बन्न नहुने तर्क राखे । चर्काचर्की भाषण चलिरहँदा रामघाटको माहौल फेरिएको थियो । यता विरोधीहरुको सभा त उता पक्षकाहरुको सभा । दुई भागमा स्थानीयहरु पनि विभाजित भए । पक्षहरुसंग स्थानीयहरु बढी थिए त विरोधीहरुसंग बाहिरबाट कार्यकर्ताहरु आएका थिए ।

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मीराज नेपाली, नेकपा माओवादीका स्थायी समिति सदस्य हरिभक्त कँडेल, धमेन्द्र बास्तोला बामपन्थी नेता गोविन्दसिहं थापा, जनर्मोचाका केन्द्रिय सदस्य तुलसीराम सापकोटा, रत्नविक्रम राना, राजनीतिक विश्लेषक सुरेन्द्र केसी, पूर्व जलश्रोत सचिव द्धारिकानाथ ढङ्गेल, जलश्रोत विद् दिपक ज्ञावली लगायत विरोध सभालाई सम्वोधन गर्न सहभागी रहेका थिए । उनीहरुले माथिल्लो कर्णालीका फाईदा र भ्रमहरुका बारेमा बोलेका थिए । ८ वर्षदेखी भारतीय कम्पनी जिएमआरले निर्माणको जिम्मेवारी लिएको छ । जनमोर्चाका जिल्ला सचिव कविराज खत्रीले ’भारतीय विस्तारवादको पोल्टोमा कुनै हालतमा पनि कर्णाली नदी जान नदिने बताए ।

प्रतिक्रिया