एचआईभी भएका एकल महिलाद्धारा संघर्ष समिती गठन

एचआईभी भएका एकल महिलाद्धारा संघर्ष समिती गठन

राकमकर्णाली क्षेत्रमा रहेका एचआईभी भएका एकल महिलाहरुले संघर्ष समिती गठन गरेका छन् । नौ सदस्यीय एचआईभी भएका एकल महिला संघर्ष समितीमा अध्यक्ष नानीदेवी शाही , उपाध्यक्ष कौशीदेवी आचार्य, सचिव बासु वोहोरा, सदस्यहरु विमा विक, धनसरा सावद, मनिसरा विक, हरिकला विक, दुरी विक र जला माझि रहेका छन् ।
मंगलवार राकमकर्णाली वजारमा भएको एक कार्यक्रमका उक्त संघर्ष समिती गठन गरीएको हो । आफ्ना मागहरु परिपूर्ति गर्न सम्वन्धित निकायमा दवाव दिने उदेश्यले संघर्ष समिती गठन गरीएको अध्यक्ष नानीदेवी शाहीले जानकारी दिईन् ।
त्यस क्षेत्रका राकमकर्णाली,तिलेपाटा,सिंगौडी र सिंगासैन गाविसमा रहेका ३५ जना एचआईभी भएका व्यक्तिहरुलाई खाद्य अधिकारका क्षेत्रमा कार्यरत संस्थाले फियान नेपालले दुई दिने क्षमता अभिवृद्धि तालिम प्रदान गर्नुको साथै संघर्ष समिती गठन गर्न सहयोग पुर्याएको थियो ।

प्रतिक्रिया