जिल्ला प्रहरी कार्यालय नजिकै वालविवाह

जिल्ला प्रहरी कार्यालय नजिकै वालविवाह

ज्वाला सन्देश सम्वाददाता
दैलेख १३ जेठ–जिल्ला प्रहरी कार्यालय अगाडि सदरमुकाम देवकोटा चोकमा विहीवार वाल विवाह गरिएको छ । यो वाल विवाह भने साच्चीकै नभई वाल न्यूनिकरणका लागि जनचेतना फैलाउने सडक नाटक पुतलीको विहेको रुपमा वाल विवाह गरिएको हो ।
Putaliko bihe (1)समाजमा बढ्दै गैरहेको वाल हिंसाकोरुपमा बाल विवाहलाई न्यूनिकरण गर्नको लागी सचेतनामुलक सडक नाटक पुतलीको विहे गरीएको छ । सानो उमेरमा विहे गर्दा शारिरीक, मानसिक तथा संवेगात्मक पक्षमा असर पर्ने हुँदा यसको न्यूनीकरणमा सहयोग गर्न यस सडक नाटक पुतलीको विहेले शन्देश दिएको छ । वालवालिकाले आफ्नो लक्ष्य पुरा गर्न नसक्ने र धेरै किसिमका घर तथा माइतवाट अवहेलाना खेप्नुपर्ने जस्ता जंजालमा फस्ने हुदाँ वाल विवाह नर्गन यो नाटकवाट सचेत पार्न खोजिएको छ ।
वाल विवाहकाकारण वालवालिकाहरु विभिन्न अवसरवाट वञ्चित हुने भएकाले उमेर पुगेपछि मात्र विवाह गनुपर्ने सडक नाटकले शन्देश दिन खोजेको छ । कलाकार भाई वहिनीबाट अभिनित उक्त सडक नाटकमा वालविवाहले पार्ने शारीरीक असर, वाल विवाह सम्वन्धि कानुनी अवस्था, यसको लागी अभिभावक, शीक्षक, वालक्लव, नागरीक समाज आदीले वाल विवाह रोक्न खेल्ने भुमीकाको बारेमा शन्देश दीन खोजीएको थियो ।
यस पुललीको विहे सडक नाटकले बालबलिका तथा अभिभावकमा बाल विवाहको असरबारे सचेतना मिलेको र यस्ता खाले क्रीयाकलापको निरनतराले भोलीका दीनमा समाजमा सकारात्मक प्रभाव पार्दै जाने पुतलीको विहे हेरिसकेपछि नेपाली काँग्रेसका नगर सभापति प्रकाश न्यौपानेले प्रतिक्रिया दिएका छन् । समाजमा बाल अधिकार सम्वन्धी सचेतना र वाल विवाह न्युनिकरणको लागी यस पुलतलीको विहे सडक नाटकले महत्वपुर्ण भुमिका खेल्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले वताए ।
कुरीतीको रुपमा व्याप्त रहेको वालविवाहलाई अन्त्य गर्न र वालअकिारको सुनिश्चिता गर्नको लागि यस्ता चेतनामूलक र शन्देसमूलक कार्यक्रम गरिएको कलाकार पुजा रिजालले वताइन् । त्यस्तै जिल्ला विभिन्न गाविसहरुमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहयोगमा वालश्रम र वालअधिकारको सुनिश्चताको लागि वाल संजालहरु गठन गरिएको सोसेकका अध्यक्ष मञ्जु खड्काले वताइन् ।

सेभ द चिल्डे«न र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित एकिकृत परियोजना लागु भएका गाविसहरुमा वालक्लवहरुले विभिन्न किसिमका वालविवाह न्यूनिकरण सम्वन्धि चेतनामूलक कार्यक्रम गर्दैै आएका छन् ।

प्रतिक्रिया