बाँच्न पाउँने पहिलो अधिकार ः अध्यक्ष ऐर

बाँच्न पाउँने पहिलो अधिकार ः अध्यक्ष ऐर

दैलेख, जेठ १३ – फियन नेपालका केन्द्रीय अध्यक्ष अम्मरबहादुर ऐरले हरेक मानिसले बाँच्न पाउने अधिकार पहिलो आवश्यकता रहेको बताउनु भएको छ । एचआईभी संक्रमित र भूमिहीनको खाद्य अधिकार विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले अगाडि भन्नुभयो ‘मानिसले बाँच्नको लागि खाना आवश्यक हुने र खाद्य अधिकार पूरा भएपछि मात्र राजनीतिक अधिकार वा अरु आवश्यकताको खोजी हुन सक्छ ।RTF_Dlk News
अध्यक्ष ऐरले फियन नेपालले अधिकारवाला व्यक्तिका आवश्यकता पूर्ति गर्ने नभई अधिकारमुखी कार्यक्रम गर्ने गरेको बताउनु भयो । उहाँले अगाडि भन्नुभयो ‘क्षमता विकास गर्न सकियो भने अधिकार पाउनु पर्ने पक्षले आवश्यकताहरु पूरा गर्दै जानसक्छन् ।
कार्यक्रममा जिल्ला शिक्षा अधिाकारी बिष्णुप्रसाद अधिकारीले शिक्षाले मानिसको चेतना र क्षमता विकास गर्ने भएकोले यस तर्फ सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । नेपाल मजदूर किसान पार्टीका सचिव लक्ष्मीकुमार बिकले गैससका कार्यक्रम विपन्न, गरिब र सुविधा बिहीनहरुलाई सुविधा पुग्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा नारायण नगरपालिका वडा नं. १ रातामाटेको दलित बस्तीको जग्गा उपभोग गरी रहँदा पनि पूर्जा बन क्षेत्रमा पारिएको भन्दै यसको विवाद समाधान हुनुपर्ने र एचआईभी संक्रमितहरुले एआरटी औषधि समेत सहज रुपमा जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउन नसकेको विषयमा सहभागीले समस्या दर्शाएका थिए ।
खाद्य अधिकार सञ्जाल दैलेखको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा फियन नेपालका क्षेत्रीय संयोजक सुरेश गौतमले विषय प्रकाश गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला संयोजक यज्ञराज थापाले गर्नुभएको थियो ।
कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत रमेशचन्द्र सुवेदी, जिल्ला बन अधिकृत रामकाजी श्रेष्ठ, नेपाल बार एशोसियशनका जिल्ला अध्यक्ष सुरेन्द्रकुमार अधिकारी लगायत खाद्य अधिकार समस्या र जिल्ला स्तरबाट समाधानका उपाय विषयमा बोल्नु भएको थियो । त्यसबखत खुला छलफल समेत भएको थियो ।

प्रतिक्रिया