व्यवसायिकताका लागि निरन्तरता ः प्याकुरेल

व्यवसायिकताका लागि निरन्तरता ः प्याकुरेल

दैलेख, १८ जेठ – स्थानीय विकास अधिकारी हरी प्याकुरेलले सीप विकास र व्यवसायिकताका लागि पेशामा निरन्तरता र सिर्जनशीलता जरुरी रहेको बताउनुभएको छ । जिल्ला विकास समिति पश्चिम उच्च पहाडी गरिबी निवारण आयोजनाको सहयोगमा दलित महिला संघ र मध्यपश्चिम ग्रामीण विकास समाजको आयोजना सञ्चालन डेढ महिने सिलाई कटाई तालिमका सहभागीहरुको तामिम आज समापन कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । IMG_4187
स्थानीय विकास अधिकारी प्याकुरेलले ग्रामीण स्तरमा समेट स्थानीय रुपमा सिलाएको कपडा लगाउने बानीको विकास भएको र विद्यालयमा बालबालिकाकाको पोशाक सिलाउने कामले पनि गाउँमा सिलाई कटाईको माग बढेको बताउनुभभयो ।
त्यस बखत दलित महिला संघका जिल्ला अध्यक्ष पार्वती बिशुन्के, मध्यपश्चिम ग्रामीण विकास समाजका अध्यक्ष निर्मला खड्का र स्थानीय विकास कोषका निमित्त प्रमुख खमबहादुर थापाले तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
दलित महिला संघ र मध्यपश्चिम ग्रामीण विकास समाजले २ स्थानमा सञ्चालित तालिममा पगनाथ, रानीबन, चौराठा, सल्लेरी। अवलपराजुल, चामुण्डा, सिगौडी, मालिका, गमौडी, सेरी र बराहका ३३ जनाको सहभागिता थियो ।

प्रतिक्रिया