परियोजना परिचयात्मक कार्यक्रम

परियोजना परिचयात्मक कार्यक्रम

दैलेख, १८ जेठ – महिला सशक्तिकरण मञ्च दैलेखले सञ्चालन गरिरहेको परियोजनाको वार्षिक कार्यक्रम गतिविधि, कार्ययोजना र समन्वय विषयमा जानकारी गराउन परिचयात्मक कार्यक्रम गरेको छ ।
केड सुर्खेतको सहयोगमा सञ्चालित महिला, किशोरी र बालअधिकार कार्यक्रम परियोजनामा यो वर्ष कुल २३ लाख ३६ हजार १ सय रुपैंयाँ खर्च हुने कार्यक्रममा जानकारी गराइएको थियो ।
प्रशासनिक निकाय, नागरिक समाज र सहभागी संचारकर्मीहरुवीच महिलाको कानूनी हक, जिल्लाको अवस्था र सरोकारवालावीच समन्वय विषयमा खुला छलफल समेत भएको थियो ।

प्रतिक्रिया