बहुविवाह गर्ने पुरुष थुनामा

बहुविवाह गर्ने पुरुष थुनामा

दैलेख, १८ जेठ – दैलेख जिल्ला अदालतले बहुविवाह गरेका एक पुरुषलाई कारागार थुनामा पठाएको छ । श्रेष्तेदार अधिकृत गोबिन्द आचार्यको आदेशबाट दुल्लू नगरपालिका वडा नं. ८ का २८ वर्षका तिलकप्रसाद आचार्यलाई थुनामा पठाइएको हो ।
आचार्यको दोश्रो श्रीमतीको रुपमा आएकी बागलङ्गको तमान गाविस–७ की २७ वर्षीया कल्पना सिर्पालीलालाई घरमा जेठी श्रीमती छन् भन्ने थाहा नपाई आएकीले १८ हजार धरौटी लिई तारेखमा छोडिएको छ ।
श्रेस्तेदार अधिकृतले गर्नु भएको आदेश जिल्ला न्यायाधीशले पुनर्विचारमा लिनु पर्दछ । तर न्यायाधीशको अनुपस्थितिमा गरिएका प्राय आदेशहरु सदर हुने गर्दछन् ।
बैदेशिक रोजगारीको क्रममा लेबनान हुँदा कल्पनासंग तिलकले फेसबुक र टेलिफोन सम्वादपछि उनी नेपाल फर्किएपछि आफू अविवाहित भनी झुक्याएर बागलुङ्ग माइतीमै पुगेर विवाह गरी दैलेख ल्याएकामा तिलककी जेठी श्रीमतीले उजूरी गरेकी थिइन् ।

प्रतिक्रिया