सिलाईकटाई पेशा बाट मासिक १५ हजार आम्दानी ।।

सिलाईकटाई पेशा बाट मासिक १५ हजार आम्दानी ।।

भिम सिजापति
दैलेखको नारायण नगरपालिकामा सिलाईकटाई पेसा गद्रै आएकी सविता विक गाउँ समाजका लागि उदाहरण बन्नु भएको छ । व्यवसाय गरेर उहाँले राम्रो आम्दानी गरिरहनु भएको छ । सिलाई कटाई तालिम लिए पश्चात प्रशिक्षक समेत बन्नु भएकी सविताले प्रशिक्षक र सिलाईकटाई गरेर घरपरिवार चलाउन पनि सफल हुनु भएको छ । दैलेखको नारायण नगरपालीका ९ बाँसकोटकी सबिताको दैनिकी ५÷६ बर्ष अघि सम्म चुल्होचौको गर्दैमा बित्थ्यो तर उहाँले सिलाई कटाई पेसामा लागेर अचेल मासिक १५ हजार भन्दा बढी रकम कमाईरहनुभएको छ । एस.ओ.एस. सुर्खेतले २०६६ सालमा दिएको सिलाईकटाई तालीममा सहभागी उहाँ हाल प्रशिक्षक पनि हुनुहुन्छ । छोरा छोरीलाई राम्रो स्कुलमा पढाएर आफुले गर्न खोजेको काम गरेर सविताले पाँच जनाको परिवारको खर्च चलाउँदै आउनु भएको छ । घरपरिवारबाट पाएको सहयोगका कारण सजिलो भएको उहाँको अनुभव छ । दैलेख जस्तो विकट र जनचेतनाको कमी भएको जिल्लामा महिलाले सिलाई कटाईको काम गर्दा मान्छेले नराम्रो दृष्टिकोणले हेर्ने गरेको भए पनि आफुलाई त्यस्तो महसुस नभएको सविता बताउछिन । यस्तो गलत मानसिकता भएको समाजमा सिलाईकटाई व्यवसाय गरेर उदाहरणीय महिला बन्दाको खुशीले उहाँका सबै दुख र चुनौती बिसाईदिएका छन् । बिभिन्न सरकारी तथा गैर सरकारी निकायको सहयोगमा सिलाईकटाई तालिमको आयोजना हुन थालेपछि दैलेखमा सविता जस्तै सिलाईकटाईलाई व्यवसायको रुपमा अंगाल्नेको संख्या दिनानु दिन बढ्दै गएको छ ।

प्रतिक्रिया