रिहाईको माग गर्दै ५ जिल्ला बन्द

रिहाईको माग गर्दै ५ जिल्ला बन्द

गोविन्द केसी
दैलेख, जेष्ठ २१ – प्रहरी हिरासतमा रहेका आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै नेकपा माओवादी (विप्लव) समुहले दैलेखसहित ५ जिल्ला शुक्रवार बन्द आह्वान गरेको छ । आफ्नो आन्दोलनका क्रममा पक्राउ गरिएका कार्यकर्ताहरुको रिहाईका लागि ५ जिल्ला बन्द गरेको हो ।
दैलेख सहित कालिकोट, जुम्ला, मुगु र हुम्लामा यातायात सहित बजार, उद्योग बन्दको आह्वान गरेको हो । कर्णाली र दैलेखबाट आउने जाने सवाधरीसाधन पूर्ण रुपमा ठप्प रहेको छ भने बजारबन्दमा प्रभाव परेको छैन् । आफ्नो पार्टीले राष्ट्रघाट, भष्ट्रचार, र जनघाटका विरुद्धको संघर्ष गरेका बेला प्रहरी हिसासतमा लिएका १ सयभन्दा बढी कार्यकताएको रिहाईको माग राखेर बन्द गरिएको नेकपा माओवादी दैलेखका जिल्ला सेक्रेटरी कलम विकले बताए । उनका अनुसार अहिले आफ्नो कर्णाली प्रदेशका ५ जिल्ला बन्द गरिएपनि २७ नेपाल बन्दको आह्वान गरिएको छ ।

प्रतिक्रिया