लागु पदार्थ दुव्यसनी समबन्धि सचेतना कार्यक्रम तोलीमा सम्पन्न

लागु पदार्थ दुव्यसनी समबन्धि सचेतना कार्यक्रम तोलीमा सम्पन्न

लागुपदार्थले मानिसको स्नायू प्रणालीमा प्रभाब पारी मानिसलाई असामान्य अवस्थामा ल्याउछ । जसका कारण मानिसले समाजमा होहल्ला गर्ने, लडाई झगडा गर्ने, जबरजस्ती गर्ने, घरेलु हिंसा, चोरी डकैती गर्ने आदि जस्ता क्रियाकलाप हाम्रो गाउँमा रहेको पाईन्छन् । drogs (2) drogs (1)लागुपदार्थ दुव्र्यसनी का कारण भोली आउन सक्ने सम्भाव्य घटनालाई न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय दैलेख र सामाजिक वातावरण विकास संगठन (सेडा¬) नेपाल दैलेखको आयोजना तथा अष्टे«लिया सरकार, कारितास अष्ट्रेलिया र कारितास नेपालको आर्थीक सहयोगमा तोली गाविसमा एक दिने लागुपदार्थ दुव्र्यसनी सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । तोली गाविसमा रहेका यूवा क्लव, बालक्लवका संरक्षक शिक्षक र बाल संरक्षण उपसमितीका ३० जना सहभागी रहेका थिए । उक्त कार्यक्रममा लागुपदार्थ दुव्र्यसनी भनेको के हो ? यसले शारिरीक, मानसिक र सामाजिक रुपमा के प्रभाव पार्दछ् र लागुपदार्थ सेवन गर्ने, उत्पादन गर्ने, ओसार पसार गर्ने जस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई के कस्ता सजाय वा कानुनी कारवाही हुन्छ ।

त्यसको बारेमा नौमुले ईलाका प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक रेवती रमन पोखरेलले जानकारी दिनुभएको थियो । जनता पनि बिना वर्दिका पुलिस भएको कारण समाजमा हुने अपराधिक गतिविधी लाई पुलिस संग समन्वय गरी न्यूनिकरणमा जोड दिनु पर्ने र आफु यस ईलाकामा जनता संग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताउनु भएको थियो । त्यसैै गरि सेडा नेपाल दैलेखका बालबालिका तथा यूवा सशक्तिकरण परियोजनाका कार्यक्रम संयोजक चेतन कुमार विष्टले यूवाहरुमा भोलीका दिनमा लागुपदार्थ दुव्र्यसनीले ठुलो समस्या ल्याउने भएकोले पहिला आफु सचेत रहने घर परिवार र समाजलाई पनि सचेत गराउनु पर्ने र लागुपदार्थ दुव्र्यसनी न्यूनीकरण गर्न सम्पूर्ण यूवाहरुले सरोकारवाला निकाय संग समन्वय गरी अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भएको थियाे ।

प्रतिक्रिया