एमाले दैलेखका बेनामे महाशयका नाममा खुल्ला पत्र

एमाले दैलेखका बेनामे महाशयका नाममा खुल्ला पत्र

artical sherशेरबहादुर थापा,

दैलेख जिल्लाको पश्चिम क्षेत्रमा पर्ने सिहाँसैन गाविसमा जन्मेका एमाले यूवा नेता हुन तेजबहादुर महतारा । नेमकिपाबाट चुनाव जितेर गएका विनोद कुमार शाह, राजबहादुर बुढा लगायत दैलेख जिल्ला कमिटिबाट बहुमत बढि सदस्यहरु एमालेमा प्रवेश गरेदेखि आजसम्म करिब २० वर्षको लामो त्याग र तपस्या पश्चात एमालेको केन्द्रिय विभागमा जिम्मेवारी पाएका ब्यक्ति हुन तेजबहादुर महतारा । उनले अहिले सम्म पार्टीमा गरेको लगानी, त्याग र तपस्यालाई हेर्नेहो भने निसँगै राजनीति सुरु गरेका मध्ये कतिले त सभासद नै पटकाए भने कतिले केन्द्रीय विभाग या लाभजन्य पदहरुमा बसेर पुराना, दक्ष तथा सदैव पार्टीकालागि इमान्दार बन्दै आउका यूवाहरुलाई ओझेलमा पार्दै गए । फलस्वरुप यसपटक उनले एमाले केन्द्रीय कमिटिबाट न्याय पाएकाछन् । पार्टी भित्र चरम गुटबन्दी, आफ्नाहरुलाई अगाडी ल्याउने पचलनका बाबजुद लामो समयपश्चात पार्टीले गरेको न्यायलाई समेत बदनाम हुनेगरि  अनलाइन खबरमा तेजबहादुर महतारा र उपेन्द्र नेपालीले दैलेख एमालेमा खासै केहि नगरेको भन्ने आरोप लगाइएको छ ।

 त्यो आरोप लगाउनेहरुको नाम प्रस्ट भएको भए म असाध्यै आभारी हुने थिए । को महासय हुन त तिनी  ? जसले एमालेमा लामो योगदान गरेका रहेछन । दैलेख जिल्लाका दुवै नगरपालीका र ४९ ओटै गाविसले उनलाई चिन्दो रहेछ । अझ भनौँ दैलेख एमाले आजको यो अवस्थासम्म आइपुग्न उहाँ एक्लैले यतिविध्न मेहनत गर्नुभएको रहेछ । सलाम छ बेनामे महाशय ः

अन्त्यमा यूवाहरुले गरेको योगदान कसैले पनि अवमूल्यन गर्नुहुदैन । आज जसरी दैलेखमा एमालेको बर्चस्व कायम छ यसलाई जोगाउन तपाइ जस्ता महाशयको बसको कुरा होइन । यहाँलाई दुःख लाग्ला तर दैलेख एमालेलाई यो स्थानसम्म ल्याउन म जस्ता हजारौ यूवाहरुको योगदान छ । जति यहाँले योगदान गर्नुभएको छ । त्यति नभएपनि ६४ साल पछिका हरेक चुनावमा हामी प्रत्यक्ष रुपमा सहभागी बनेका हौँ । चगत्रा बजारमा हतियारधारीहरुको आक्रमणमा पर्ने पनि हामी नै हौँ पहिलो संविधानसभाको निर्वाचनमा । 

अनि दोश्रो संविधानसभाको चुनावमा पनि चोट खानेहरु हामी नै होँ । न त तपाइ जस्ता नेताहरुले केहि सान्तवना दिनुभयो न त पार्टीबाट प्रेस विज्ञप्ती सम्म निकालेर विरोध जनाउन आवश्यक ठान्नुभयो । तसर्थ महासय, आफू मात्रै ठूलो हुँ भन्ने खालका भ्रमहरु त्याग्नुहोस । सबैको अस्तित्वलाई स्विकार्नुहोस । भोली चुनावमा तपाइ आएपनि जिताउने त हामी ने हौँ नि होइन र ? यसरी लामो समयपश्चात पार्टी केन्द्रले दिएको जिम्मेवारी स्विकार्न नपाउदै मिडियामार्फत अर्कालाई आरोप प्रत्यारोप लगाउन मरिहत्या नगर्नुहोस । तपाइले कहिल्यै पश्चिम दैलेखका कार्यकर्ताहरु पार्टीमा अगाडी नआउन भन्ने चाहनुहुन्छ । त्यो कुरा मलाइ उहिल्यै जमानामा थाहा थियो । तसर्थ कमरेड वेरोजगार यूवा, सक्षम यूवा तेजबहादुर महतारा प्रति डाहा नगर्नुहोस । उनले आफ्नै सम्पत्ती समाप्त पारेकाछन राजनीतिको नाउमा । यहाँहरुले जस्तो बजारमा महल ठड्याएका छैनन । तसर्थ यहाँ दैलेखमा जति पनि एमालेमा आवद्व यूवाहरु छन कसैलाइृ नहोच्याइयोस महासय… 

याे लेखककाे व्यत्तिगत विचार हाे

 

प्रतिक्रिया