शिक्षकले पेशाको गौरब गर्नुपर्छ ः क्षेत्रीय निर्देशक

शिक्षकले पेशाको गौरब गर्नुपर्छ ः क्षेत्रीय निर्देशक

दैलेख, जेठ २३ – मध्यपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्यायले शिक्षकले आफ्नो पेशाप्रति गौरब गर्न थाले मात्र शिक्षाको गुणस्तर सुधार हुने बताउनुभएको छ । बराह गाविसलाई आज पूर्ण साक्षर गाविस घोषणा गर्न आयोजित कार्यक्रममा बोल्दै उहाँले शिक्षकले पार्टी, एनजीओ वा व्यापारीको परिचय दिएर पछिल्तिर एउटा स्कूलमा पढाउने पनि गर्छु भन्ने गरेको टिप्पणी गर्नुभयो । News in Education (3) News in Education (4) News in Education (2) News in Education (1)
क्षेत्रीय शिक्षा निर्देशक उपाध्यायले सबै शिक्षकले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरियो भने शिक्षाको गुणस्तर बढ्छ । शिक्षण पेशाप्रति आफैलाई गौरब लाग्छ अनि म शिक्षक भन्ने पहिलो परिचय बन्छ ।
पूण साक्षर गाविस घोषणाको अलवा पूर्ण घटना दर्ता, सुरक्षित सुत्केरी र पूर्ण खोपयुक्त सहित ४ वटा कार्य गर्न सफल गाविस घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले घोषणापछि कार्यान्वयन प्रणाली प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
स्थानीय विकास अधिकारी हरी प्याकुरेलले विकास निर्माण कार्य पारदर्शी र जवाफदेही बनाउन सके विकासमा जनश्रम परिचालन सहज हुने र विकासको प्रतिफल विपन्न निमुखाले समेत पाउने बताउनुभयो ।
जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद अधिकारीले बढ्दो प्रतिस्पर्धाको युगमा सरकारी विद्यालयको शिक्षण प्रक्रिया र सिकाई उपलब्धी गुणस्तरीय बनाउन जरुरी रहेको धारणा राख्नुभयो ।
त्यस बखत जिल्ला स्वास्थ्य कार्यालयका डा. राजकुमार बिकले स्वस्थ आमा र शिशुले सक्षम नागरिक र सभ्य समाज बनाउन सक्ने भएको स्वस्थकर बानी व्यवहार घरका सबै परिवारमा आवश्यक रहेको दर्शाउनुभयो ।
गाविस सचिव दिलिप ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार अमर सुनार, श्रोत दिपक बीसी, काँगे्रस नेता सूर्यबहादुर शाही, महिला नेतृ नरमा गुरुङ्ग लगायतले बोल्नुभएको थियो । त्यस बखत गाउँगाउँबाट आएको झाँकी, जुलुसले गाउँ परिक्रममा र कार्यक्रमस्थलमा लोक साँस्कृतिक कार्यक्रमहरु प्रस्तूत गरिएको थियो ।

प्रतिक्रिया