श्रमदानद्वारा बाटो निर्माण

श्रमदानद्वारा बाटो निर्माण

दैलेख–दैलेख सदरमुकामस्थित गणेश चोक वरपरका छिमेकी विहानै चोकमा भेला हुन्छन्। उनीहरु भेला हुनुको उद्देश्य विवाह पूजा र राजनीतिक कार्यक्रममा भाग लिन होइन्।

 उनीहरुको योजना फरक छ। पुराना कपडा लगाएरै आएका उनीहरुको हातहात औजार हुन्छ । उनीहरु श्रमदानमा बजारसम्म आउने बाटो फराकिलो बनाउन एकजुट भएर भेला भएका हुन्। उनीहरु सामाजिक काम गर्नका लागि हातहात कोदालो, छिनो, सप्पल, फरुवा लिएर बाटो फराकिलो गर्न श्रमदानका लागि गएका गएका हुन्। गणेशचोक टोल सुधार समितिको अगुवाईमा साँगुरो सडक फराकिलो बनाउन सवैले श्रमदान गरे।

उनीहरुले घरबाटै हातहातमा खन्नका लागि प्रयोग हुने औजार लिएर सदरमुकाम नजिकको जंगलमा पुगेर श्रमदान गरे। हिँड्नै कठिन हुने, झाँडीले टम्म भरिएको सडकलाई उनीहरुले छिनभरमै फराकिलो गराए । होस्टेमा हैंसे गर्दै उनीहरुले धमाधम बाटो खनेर सफा बनाए। विदाको दिन शनिबार पारेर उनीहरुले फराकिलो बाटो बनाएका हुन्। बाटो फराकिलो पार्ने ५० जनाभन्दा बढी टोलबासीको सहभागिता रहेको थियो। बाटो खन्ने कामले एकआपसमा भेटघाट हुने माहोल पनि जुरायो । घरघरबाट युवादेखि वृद्धावृद्धसम्म बाटो बनाउँन पुगेका थिए । पछिल्लो समय श्रमदान गर्न हतपत्त अघि नसर्ने अवस्थामा गणेशचोकबासीले उदाहरण्ीाय कार्य गरेको नारायण नगरपालिकाका कार्यकारी अधिकृत भक्तबहादुर मल्लले बताए । उनीहरुलाई नारायण नगरपालिकाले पनि सहयोग गरेको छ तर, त्यो सहयोग अरु सामाजिक कार्यमा लगाउने भनेर टोलबासीहरुले नै मिलेर श्रमदान गरेका हुन् ।

उक्त बाटो निर्माणका लागि नगरपालिकाले पनि ५० हजार सहयोग गरेको छ। तर, त्यो बजेट गणेशटोल सुधार समितिले सामाजिक कार्यमा खर्च गर्ने गरी श्रमदान गरिएको टोल सुधार समितिका अध्यक्ष भक्तबहादुर शर्माले बताए। ‘टोलबासी मिलेर बाटो खन्न श्रमदान गरियो,’ समितिका अध्यक्ष शर्माले भने, ‘नगरपालिकाले दिएको पैसा सामाजिक कार्यमा लगाउने छौं।’ उनका अनुसार नगरपालिकाले दिएको ५० हजार रुपैयाँले विवाह, पूजा र अन्य कार्यक्रममा चाहिले भाँडा किन्ने साचे तयारी भएको छ । आफूहरुले बजार सफाईदेखि टोलमा प्रहरी विट निर्माणसम्म गतिविधि गरेको समितिका उपाध्यक्ष रुपक थापाले बताए । सामाजिक कार्यका लागि टोलका घरले पैसा जम्मा समेत गरेको उपाध्यक्ष थापाले बताए।

नागरिक दैनिकवाट

प्रतिक्रिया