धम्कीले उजुरी नदिएको पीडितको गुनासो

धम्कीले उजुरी नदिएको पीडितको गुनासो

गोविन्द केसी
दैलेख, जेष्ठ २६ – यहाँका द्धन्द्धपीडितहरुले आफुहरु असुरक्षाकै कारण स्थानीय शान्ति समितिसम्म आएर उजुरी दिन नसकेको गुनासो गरेका छन् । आफुहरुलाई पीडकहरुले सांगेतिक रुपमा धम्की दिने गरेको पीडितहरुले गुनासो गरेका हुन् ।

अनुगमनमा आएका अधिकारकर्मीमाँझ आफ्ना गुनासो राख्दै एक द्धन्द्धपीडित
अनुगमनमा आएका अधिकारकर्मीमाँझ आफ्ना गुनासो राख्दै एक द्धन्द्धपीडित

“हिड्दा आफुमाथि सांगेतिक धम्की दिने गरेका छन् ।” नाम नछाप्ने शर्तमा द्धन्द्धमा आफन्त गुमाएकी एक द्धन्द्धपीडितले भनिन् ः “कसरी उजुरी हाल्न जाने ? आफन्त त गुमाए गुमाए अव, उजुरी हालेर आफ्नो ज्यान फाल्ने ।” उजुरी प्रकृयाका बारेमा अनुगमन गर्न आएका अधिकारकर्मीहरु पीडितहरुले खुलेरै आफ्ना समस्याहरु राखे । हत्याका मुद्दाहरुमा उजुरी नहाल्न बढी धम्की आउने गरेकोे पीडितहरुले गुनासो गरेका हुन् । उजुरी दिन जाँदा कार्यालयमा गोपनीयता नहुँदा झन असुरक्षाको महशुस भएको द्धन्द्धपीडित यामप्रसाद पाण्डेले गुनासो गरे । त्यस्तै शान्ति समितिमा उजुरी फर्म भन्न जाँदा आफुले सहयोग नपाएको द्धन्द्धपीडित भविसरा अधिकारीले गुनासो गरिन् । “फर्म भन्न गाह्रो भएपछि भर्न सहयोग मागेको थिए तर, कर्मचारीले सहयोग गरेनन् ।” अभिसराले भनिन् ः सामुहिक रुपमा मैले फर्म भरे । आफ्नो उजुरीको गोपनियता नै भएन् । अभिसराको श्रीमानलाई जमुनाहा चौकीबाट प्रहरीले बेपत्ता पारेका हुन् भने उनलाई सेनाले नियन्त्रणमा लिई यातना दिएका हुन् । पीडितहरुले वेपत्तासम्वन्धी कानुन नबन्दा न्याय पाउनेमा आंशका समेत ब्यक्त गरे । “बेपत्ता सम्वन्धी कानुन नै छैन् । हामीले कसरी न्याय पाउने आश गर्नु ?” श्रीमान बेपत्ता भएकी भविसरा अधिकारीले भनिन् ः “उजुरी दिएर न्याय पाउने आशै छैन् । १० वर्षपछि उजुरी लिईदै छ । न्याय पाउन त्यतिकै कुर्नुपर्ने होला ।”
न्यायका द्धन्द्धपीडित समाज, एड्भोकेशी फोरम र लोकतान्त्रिक स्वतन्त्रता तथा मानव अधिकार संस्थाबाट अधिकारीकर्मीहरु समुहिक रुपमा उजुरी प्रकृयाबारे अनुगमन गर्न जिल्लामा आएका थिए । “धम्कीकै कारण उजुरी दिन नआएको गुनासो पीडितहरुले गरे ।” एड्भोकेशी फोरमका मध्यपश्चिम क्षेत्रिय संयोजक बसन्त गौतमले भने, अनुगमनका क्रममा शान्ति समितिमा कर्मचारी सहयोगी नभएको र गोपनीयतामा उजुरी दिने ब्यवस्था नभएको पाईयो । सहभागी द्धन्द्धपीडितहरुले आफुहरुले सामुहिक रुपमा फर्म भरेर उजुरी दिएको गुनासो गरे । जिल्लामा आन्तरिक राहतका लागि बेपत्ता, विस्थापित, हत्या लगायक ५ हजार निवेदन परेकोमा अहिले सत्य निरुपण तथा मेलमिलाप आयोगमा २ सय ७३ र १८ वेपत्ता आयोगमा उजुरी परेको छ । दैलेखको द्धन्द्धप्रभावित गाविसहरु कालिका, नौमुलेबाट उजुरी नै नपरेको शान्ति समितिले जनाएको छ । द्धन्द्धप्रभावित अन्य गाविसबाट पनि कम उजुरी परेको जनाईएको छ । धेरैजसो पीडितहरुले उजुरी दिनेबारे सुचना नै नपाएर छुटेको बताए । स्थानीय शान्ति समितिका कर्मचारीलाई ३ दिने कार्यक्रम गरी उजुरी लेख्न नसक्नेलाई लेख्न कसरी सहयोग गर्नेबारे तालिम समेत दिईएको हुन्छ । उजुरी वैशाख ५ गतेदेखी लिईएको हो ।

प्रतिक्रिया