कर्णाली जोड्ने वैकल्पिक सडक जोडिंदै

कर्णाली जोड्ने वैकल्पिक सडक जोडिंदै

अमर सुनार
दैलेख, जेठ २७ – सडक सम्पर्क जोडिसकेपछि दुर्घटनाको संख्या र भूबनौटको जोखिम भोग्दै आएको कर्णाली राजमार्गको वैकल्पिक मार्ग जोडिदैछ । दैलेख सदरमुकामबाट कालिकोटको सिमाना महाबु ग्रामीण पहुँच कार्यक्रम (¥याप)ले निर्माण पूरा गरेपछि कर्णाली राजमार्गसंग जोड्न कालिकोट जिविसले तयारी गरेको छ । DM News (1)
DM News (3) DM News (2)दैलेख–महाबु ४३ किलोमीटर सडक निर्माण कार्य पूरा भएपछि विहीवार कालिकोटका साँसद् तुलाराज बिष्ट र दैलेख–१ का साँसद् अम्मरबहादुर थापा समेत सहभागी रहेको कालिकोट र दैलेख २ वटा जिल्ला विकास समितिले विहीवार महाबुमा संयुक्त बैठक गरी सक्दो छिटो यो बाटो उपयोग गर्ने निधो गरेका छन् ।
साँसद अम्मरबहादुर थापाले दैलेख र कालिकोटको सीमाना महाबुको ‘गात’ प्रमुख धार्मिक पर्यटन स्थल प्रवन्धन गर्न दैलेखले यो मार्ग बनाएको बताउनुभयो । उहाँले भन्नुभयो ‘पञ्चकोशी तीर्थकै प्रचार गरेर पनि दैलेखले पर्यटक ल्याइरहेको छ, ती पर्यटकलाई कर्णाली क्षेत्रमा पनि पु¥याउन चाहेका छौं ।’
कालिकोटका साँसद तुलाराज बिष्टले सर्खेतबाट जुम्ला जोडिएको राजमार्ग दैलेख–महाबु हुँदै कालिकोट जोड्दा ५२ किलोमीटर छोटो पर्ने भएकोले पनि दैलेखले महाबु पु¥याइसकेको सडकसंग जोडेर पाद्मघाट पु¥याउन चाहेको बताउनुभयो । ‘दूरीका हिसावले महाबुबाट १६ किलोमीटर मात्र भएकोले हामीलाई सजिलो पनि छ’ बिष्टले भन्नुभयो ।
नेकपा एमाले कालिकोटका जिल्ला सचिव चित्रसिंह गाउँलेले जिल्लाको पर्यटन पर्ययन प्रवद्र्धन र सडक निर्माणमा समेत सस्तो पर्ने भएकोले जिविस कालिकोटले जिल्ला परिषद्बाटै पाद्मघाट जोड्ने निर्णय गरेको र अहिले कर्णाली स्वरोजगार कार्यक्रम र सुकाटिया गाविसको अनुदान समेत परिचालन गरी करिव ४० लाखमा ट्रयाक खोल्न थालनी भइसकेको जानकारी दिनुभयो ।
दैलेखका स्थानीय विकास अधिकारी हरी प्याकुरेलले ग्रामीण पहुँच कार्यक्रमको पारदर्शी र आवश्यकताको आधारमा काम गर्ने कार्य पद्धतिका कारण स्थानीय जनश्रमदान समेत परिचालन गर्न सहज भएको जनाउनुभयो ।
सो सडक निर्माण कम्पनी सवा २ करोड भन्दा बढीको ठेक्का र स्थानीय उपभोक्ताहरुलाई सडक मर्मत समूह मार्फत झण्डै १ करोड बढीको अनुदान दिइएको ग्रामीण पहुँच कार्यक्रम (¥याप) ३ का जिल्ला टीमलीडर दिपक ढकालले जानकारी दिनुभयो ।
माध्यमिक शिक्षा कालिकोटको सुकाटियाबाट लिइसकेपछि उच्च मावि र क्याम्पस पढ्दा २ दिन पैदल हिडेर रेश्मा सिंहले दर्जनौं पटक दैलेख पुग्नु गर्नु भएको थियो । अव २ घण्टामै पुगिने मोटरबाटो निर्माणपछि खुशी व्यक्त गर्नुभयो । ‘पहिले कति असुरक्षा थियो, स्वास्थ्य र सुरक्षा पनि हुने भयो’ रेश्माले भन्नुभयो ।
करिव १० वर्ष अघि सुर्खेतदेखि जुम्ला जोडिएको सडक कर्णाली नदी किनाराको बाटो र साँघुरो सडक भएका कारण दुर्घटना संख्या अत्यन्त धेरै हुने गरेको कारण कर्णाली राजमार्गलाई ‘मृत्यू मार्ग’ पनि भन्ने गरिएको छ । दैलेख सदरमुकाम हुँदै जाँदा छोटा पर्छ भन्ने थाहा हुँदाहुदै सुर्खेतको व्यापार बढाउने नाममा सुर्खेतका नेताहरुले बलजफ्ती यो बाटो निर्माण गरेका हुन् ।
सर्खेतले दैलेखलाई सधैं छायाँ र दवावमा राख्ने प्रबृतिलाई चुनौती दिंदै जिविस दैलेखले जिल्लाको हित र कर्णालीको सहजता समेतलाई ध्यानमा राखी निर्माण गरिएको दैलेखलाई सिंगो कर्णालीसंग जोड्ने यो सडकलाई रणनीतिक सडक पनि भनिएको छ ।
दैलेखदेखि पाद्मघाट पुग्दा ५९ किलोमीटर मोटरबाटोमा एउटा पनि सडक पुल नपर्नु खर्चको हिसाव सस्तो र बाढी पहिरोको जोखिम मुक्त रहेको प्राविधिकहरुको व्याख्या छ । महाबपछि कर्णाली राजमार्गको पाद्मघाट जोड्दा मात्र कालिकोटको तिला नदीमा एउटा पुल पनेछ, दैलेखबाट पाद्मघाट कुल दूरी ५९ किलोमीटर हुनेछ ।

प्रतिक्रिया