तरकारी खेती बाटै मनग्य आम्दानी, पदम वहादुर साँवद गाउँकै नमुना कृर्षक ।।

तरकारी खेती बाटै मनग्य आम्दानी, पदम वहादुर साँवद गाउँकै नमुना कृर्षक ।।

हीम सिजापति
दैलेख, दुल्लु नगरपालिका वडा नं. ३ सियाला निवासी पदम बहादुर साँवद हिजो आज आफ्नो तरकारी बारिमा निकै ब्यस्त देखिन्छन् । पहिला सामान्य तरकारी गरेर आफै खानका लागी मात्र तरकारी लगाउने साँवदले मष्टा नारायण ताजा तरकारी उत्पादन समुह गठन गरी व्यवसायीक रुपमै तरकारी खेती सुरु गरेका हुन् । उनले व्यवसायीक रुपमा तरकारी खेती गर्न सुरु गरेपछि अहिले उनी मनग्य आम्दानी गर्न सफल कृषकका रुपमा परिचित छन् । वाम्पी हेल्भेटास सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले सिचाईको लागि पोखरी निर्माण र सिप्रेडले दिएको ताजा तरकारी उत्पादन तालिम पश्चात व्यवसायीक रुपमा तरकारी खेती गर्न हौसीयका साँवद प्याज मात्र बेचेर बार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्ने गर्दछन् ।

पुर्ण सरसफाई युक्त गाउ सियाला पिरुमा फोहर फाल्ने खाडल, चाड, जुठ्यान सहितको तरकारी खेति
पुर्ण सरसफाई युक्त गाउ सियाला पिरुमा फोहर फाल्ने खाडल, चाड, जुठ्यान सहितको तरकारी खेति
पदम वहादुर साँवदको वास पसलमा वामी हेल्भेटासवाट अनुगमन गर्दै गर्दा
पदम वहादुर साँवदको वास पसलमा वामी हेल्भेटासवाट अनुगमन गर्दै गर्दा
पिरु गाउको तरकारी खेति
पिरु गाउको तरकारी खेति

“केहि बर्ष अघि देखी लिंक हेल्भेटासले कृषक व्यवसायी पाठशाला सुरु भएपछि बजारीकरणमा सहज हुँदा उद्यमशिलतामा विकास भई बजारमा तरकारी विक्री वितरणमा समेत सहयोग भएको कृषक साँवद बताउँछन् ।” समयक्रम अनुसार अहिले उच्च मुल्यु कृषि वस्तु विकास आयोजना लगायत विभिन्न निकायको सहयोग सँगै तरकारी उत्पादनमा बृद्धि भएपछि सियालाका कृषकहरुले तरकारी बजारीकरणका लागी वजार व्यवस्थापन समिति समेत गठन गरी जिल्ला कृषी विकास कार्यालयमा दर्ता समेत गरेका छन् । पहिला सामान्य आफुले खानका लागी मात्र उत्पादन हुने तरकारी हाल यहाँका कृषकहरुले उत्पादन गरेको तरकारी दैलेख सँगै सुर्खेत, कालिकोट, जुम्ला लगाएत बुटवल सम्म जाने र सियालाको तरकारीको माग पनि बढे पछि आफुहरु खुसी भएको कृषकहरु बताउँछन् ।
हिजो आजा साँवदको बारीमा मौसमी तथा बेमौसमी तरकारी टमाटर, अकबरे खुर्सानी, सिमी, केराउ, आँप, केरा, अलैची, लटरम्मै फलेको छ । साँवद भन्छन् “हेल्भेटासले हामीलाई स्वच्छ खानेपानी, सरसफाई युक्त गाउँ वनाउन देखि धेरै प्राविधिक तथा सिप विकासमा सहयोग पु¥यायो ।” साँवदले हाल १५ रोपनी जग्गामा तरकारी खेती गरेका छन् । विगतका दिनमा ४ जनाको परिवार समेत पाल्न धौ धौ हुन्थ्यो अहिले व्यवसायीक रुपमे तरकारी खेती गर्न थालेपछि घरपरिवारको बार्षिक खर्च कटाएर बार्षिक ६ लाख बढि आम्दानी हुने उनी बताउँछन् । व्यवसायीक रुपमा तरकारी उत्पादनमा लागेका उनी पुरा गाउँ नै तरकारी गाउँ भनी चिनाउन चाहान्छन् । साँवदले खाद्यान्न बाली लगाउन छोडेको झन्डै ३ बर्ष पुग्यो । “गहँु, मकै, धान बाट फाईदा छैन, आकासे पानी भर पर्नु पर्ने त्यो भनेको बेला पानी नपर्ने अनि जम्मै जग्गा बाँझो रहने रहने, खान पनि मुस्कील पर्ने र परिवारको पेट पाल्नकै लागी कालकापाहाड जानु पर्ने बाध्यता थियो । विभिन्न दातृ निकायको सहयोगमा तरकारी खेती सुरु गरेपछि के खाउँला र कहाँ जाउँला भन्ने चिन्तै छैन” साँवदको भनाई । परम्परागत खेतिले फाईदा नहुने, खानको लागी पनि मुस्कील पर्ने यस्तो खेती म किन गर्छु र मलाई तरकारी खेतीमा फाईदा छ म तरकारी खेती गर्छु उनले भने ।
सिजनमा साँवदले १ सय ३० क्वीन्टर प्याज उत्पादन गरेका थिए प्रति केजी ३० का हिसावले पनि चानचुन ३ लाख ९० हजार जति आम्दानी गरेँ, टमाटरका २ सय ६ वटा बोट बाट १६४८ केजी टमाटर उत्पादन भई विक्र पनि गरि सकेँ, १० हजार बुटा अकबरे खुर्सानीको बेर्ना तयार छ एउटा बुटा खुर्सानीबाट ३ केजी उत्पादनका दरले ३० हजार केजी खुर्सानी मात्र विक्री पछि ६ लाख बढि आम्दानी गर्ने सोच यो साल रहेको उनी बताउँछन् । सिमी, केराउ, भटमास, साग, पनि रावतको बारीमा उत्तीकै उत्पादन हुन्छ । उनले जैवीक विषादी र गोठेमल मात्र प्रयोग गरी माटोको उर्वरा शक्ति समेत वचाई राखेका छन् ।
साँवदले तरकारी खेती मात्र होईन जमुना पारीको बोका सहित १६ वटा बाख्रा पनि पालेका छन् । बाख्रा पालनबाट मात्र उनले बार्षिक ५०÷६० हजार आम्दानी गर्ने गरेका छन् । यति मात्रै हैन उनको घरमा ५÷६ घार मौरी पनि पालेका छन् । “बारीभरी तरकारी खेतिले उत्पादन दिईरहेको छ । विहान साँझ दिउँसो समय अनुसार पोषण युक्त खानेकुरा आफ्नै बारीमा उत्पादन भईरहेको छ । चाहेको र मन लागेको पोषीलो खानेकुरा खाईरहेका छौँ । रोजगारका लागी विदेसीनु परेको छैन” साँवदको भनाई । खाद्यान्न बाली होईन तरकारी खेती गर्नु पर्छ भन्दै सबैको घरदैलोमा पुग्न र सबैलाई सफल कृषक बनाउने उनको लक्ष्य रहेको छ । उनी गाउँ भरीकै अगुवा कृषकको रुपमा परिचित छन् । त्यति मात्र हैन उनी सरसफाई अगुवाका रुपमा पनि सियाला बस्तीमा परिचित छन् । साँवद थप्छन् “हाम्रो गाउ मध्य पश्चिमकै पहिलो सरसफाई नमुना गाउ वनाएकाछौ, उक्त सरसफाई नमुना गाउ हेर्नलाई अक्षाम, कालिकोट, जारकोट र दैलेखका विभिन्न गाविसवाट समुहहरु आउने गरेका छन् ।” उनि भन्दैछन् “जिल्ला विकास समितिले दैलेखले यसवर्ष मोटरवाटो निर्माण गरिदिए पछि तरकारी ढुवानीमा सजिलो भएकोछ ।”
जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालको आर्थिक सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहजीकरणमा गाउँमा २३ वटा सिंचाई पोखरी, १८ वटा खानेपानीका धारा निर्माण गरिएको छ । १८ जना महिला तालिम लिएर खानेपानी तथा पोखरी सरसफाईमा खटिन्छन् । तरकारी उत्पादन समुहका कृषकहरु आफ्नो बारीमा देखीएको समस्या समाधान र नयाँ प्रविधि, विउ, विजनको बारेमा छलफल गर्न खुला छलफल कक्ष समेत निर्माण गरिएको र बारिबाट फुर्सद हुने वित्तिकै छलफल कक्षमा जम्मा भई कृषि सम्बन्धि छलफल समेत गर्ने गर्दछन् ।

प्रतिक्रिया