वडापोखरा पूर्ण सरसफाईयुक्त नमुना क्षेत्र घोषणा

वडापोखरा पूर्ण सरसफाईयुक्त नमुना क्षेत्र घोषणा

दुल्लु नगरपालिका वडा नं. २ को वडापोखरा पूर्ण सरसफाइयूक्त नमुना क्षेत्र घोषणा भएको छ । वडापोखरामा रहेका ९६ घरधुरि र दुई प्रावि स्कुलमा सुरक्षित पानी, सुरक्षित खाना, नियमित सौचालयको प्रयोग, सावुन पानी द्धारा हात धुने वानीको विकास, सफा घर आगन जस्ता सुचक पुरा भए पछि त्यस क्षेत्रलाई पुर्ण सरसफाइयूक्त नमुना क्षेत्र घोषणा गरिएको हो ।

वडापोखरालाई पुर्ण सरसफाइयूक्त नमुना क्षेत्र घोषणा सभामा स्वागत गित राख्दै कलाकार वहिनीहरु
वडापोखरालाई पुर्ण सरसफाइयूक्त नमुना क्षेत्र घोषणा सभामा स्वागत गित राख्दै कलाकार वहिनीहरु
वडापोखरालाई पुर्ण सरसफाइयूक्त नमुना क्षेत्र घोषणा क्षेत्रको विद्यालयमा फिल्टर सहित अन्य संरचना
वडापोखरालाई पुर्ण सरसफाइयूक्त नमुना क्षेत्र घोषणा क्षेत्रको विद्यालयमा फिल्टर सहित अन्य संरचना
वडापोखरालाई पुर्ण सरसफाइयूक्त नमुना क्षेत्र घोषणामा वनेका चाड, फोहर फाल्ने खाल्डो, जुठ्यान
वडापोखरालाई पुर्ण सरसफाइयूक्त नमुना क्षेत्र घोषणामा वनेका चाड, फोहर फाल्ने खाल्डो, जुठ्यान
वडापोखरालाई पुर्ण सरसफाइयूक्त नमुना क्षेत्र घोषणा कार्यक्रमको र्याली कार्यक्रम क्षेत्रमा जाँदै गर्दा
वडापोखरालाई पुर्ण सरसफाइयूक्त नमुना क्षेत्र घोषणा कार्यक्रमको र्याली कार्यक्रम क्षेत्रमा जाँदै गर्दा
वडापोखरालाई पुर्ण सरसफाइयूक्त नमुना क्षेत्र घोषणा कार्यक्रममा वोल्दै सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्य समिति सदस्य झलक भण्डाारी
वडापोखरालाई पुर्ण सरसफाइयूक्त नमुना क्षेत्र घोषणा कार्यक्रममा वोल्दै सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्य समिति सदस्य झलक भण्डाारी

जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपाल अन्तरगत तुसारपानी कडालपानी सोलार लिप्ट खानेपानी तथा सरसफाई योजनाको माध्याम वाट त्यस क्षेत्रमा खानेपानीको राम्रो सुविधा भए पछि अन्य सरसफाईका सुुचकहरु पुरा गर्न समुदायलाई सजिलो भएको प्राविधिक र सामाजिक सहजिकरणको क्षेत्रमा कार्यरत संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले जनाएको छ । शनिवार औपचारिक कार्यक्रमको आयोजना गरि वडापोखरालाई पुर्ण सरसफाइयूक्त नमुना क्षेत्र घोषणा गरिएको छ । घोषणा हुनु मात्रै ठुलो कुरा होइन सामाजिक सदभाव, रहनसहन, रितिरिवाज, वोलीचालीलाई पनि कसरी सभ्य वनाउन सकिन्छ त्यसमा समुदायले नै भुमिका निर्वाह गर्नु पर्ने घोषणा कार्यक्रमका प्रमुख अतिथि जिल्ला विकास समितिको कार्यालयका प्रतिनीधि हीरासिंह थापाले बताए । वडापोखरा क्षेत्र वासीले गरेको यो प्रसंसनिय कामले आगामी दिनमा जिल्लालाई पुर्ण सरसफाइयूक्त वनाउन मद्धत पुगेको उन्को भनाई छ । पुर्ण सरसफाई एउटा क्षेत्र मात्र भएर हुँदैन, अव जिल्लाका सबै क्षेत्र पूर्ण सरसफाइयूक्त वनाउन यस्तै खानेपानीका आयोजनाहरुमा वामपी हेल्भेटासले सहयोग गर्नु पर्ने घोषणा सभाका अध्यक्ष एवम् नागरिक वडा मञ्चका संयोजक नरबहादुर शाहीले बताए । दुल्लु २ को एउटा क्षेत्र मात्र पुर्ण सरसफाई भएर मात्र हुँदैन अव सबै वडाहरु पुर्ण सरसफाइयूक्त वनाउन स्वयम समुदाय पनि सक्रिय हुन जरुररी रहेको उन्को भनाई छ ।

प्रतिक्रिया