जलविद्युत विकासमा समस्या

जलविद्युत विकासमा समस्या

ज्वाला सन्देश सम्वाददाता
दैलेख २९ जेठ–नेपाली कांग्रेसका युवा नेता तथा व्यवस्थापिका संसदको कृषि तथा जलश्रोत समितीका सभापति गगन थापाले नेपालमा जलश्रोत नितीको समस्याका कारण जलविद्युत विकासमा समस्या देखिएको वताए ।DSC02640
माथिल्लो कर्णाली जलविधुत परियोजनाको निर्माण स्थलको अध्ययन तथा अनुगमनमा सांसदहरुको टोलीसहित आएका नेता थापाले शनिवार दैलेख सदरमुकाममा सर्वपक्षिय अन्र्तक्रिया कार्यक्रममा वोल्दै नेपाल सरकारले राष्ट्रिय उर्जा सुरक्षा रणनिती, एकिकृत जलश्रोत निती र कर्णाली नदी गुरुयोजना निर्माण नगरेका कारण जलविधुत परियोजनाहरुको निर्माण कार्यमा कठिनाई देखिएको स्पष्ट पारेका छन्् । कार्यक्रममा वौल्दै नेता थापाले प्राकृतिक श्रोतको लाभ स्थानियलाई प्राथमिकता दिनुपर्ने अहिलेको संविधानले निर्दिष्ट गरेको हुदा माथिल्लो कर्णालीको सन्दर्भमा स्थानीय जनताहरु आक्रोशित हुनुपर्ने जरुरी नरहेको वताए ।
समितीले माथिल्लो कर्णाली परियोजनाको पिडिएमा केहि सुधार गर्न नेपाल सरकारलाई सुझाव दिएको र परियोDSC02638जना निर्माण गर्दा जनताको हितमा वढि भन्दा वढि लाभ हुने गरी समितीले निरन्तर सरकारलाई दवाव दिई रहने नेता थापाले विश्वास दिलाएका थिए । माथिल्लो कर्णालीको मेगावाटको विषय फरक–फरक धारणाहरु आईरहेकोवारे प्रष्ट्याउदै नेता थापाले लाभहानीको हिसावकिताव गर्दा विवाद रहेकोले यसलाई स्वभाविक रुपमा लिनुपर्ने तर्क दिएका थिए । नेपाल सरकारले ठुला आयोजनाहरु स्वयं निर्माण गर्न नसकेको अवस्थामा वाह्य लगानीका लागि आह्वान गरेपनि नेपालको प्रशासनिक झन्झटका कारण विदेशी लगानीकर्ताहरु लगानी गर्न तयार नभएको समस्या दर्शाएका थिए ।
दैलेख सदरमुकाममा लगानी वोर्डको समन्वयमा सर्वपक्षिय अन्र्तक्रिया पछि समितीका सभापति थापासहितको सांसदहरुको टोलीले शनिवार नै माथिल्लो कर्णाली आयोजना निर्माणस्थलमा स्थानिय जनतासंग अन्र्तक्रिया र अनुगमन गरी फर्किएको छ ।

प्रतिक्रिया