जेष्ठ नागरिक अध्यक्षमा भण्डारी

जेष्ठ नागरिक अध्यक्षमा भण्डारी

दैलेख, असार ३ – जेष्ठ नागरिक संघ दैलेखको दोश्रो जिल्ला अधिवेशनले बीरबहादुर भण्डारीको अध्यक्षतामा १४ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्ष टीकाराम न्यौपाने, सचिव इन्द्रबहादुर बुढा र कोषाध्यक्ष शेरबहादुर थापा रहनुभएको छ । Jestha nagarikअधिवेशनको उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्तामा भएको बृद्धि, औषधि उपचारमा सहयोग र यातायातमा सहुलियत राज्यले जेष्ठ नागरिकप्रति सम्मानका लागि गरेको बताउनुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी हरी प्याकुरेलले सामाजिक सुरक्षा भत्तालाई अझै सहज, प्रभावकारी र पारदर्शी बनाउन आफूले ध्यान दिएको बताउदै जेष्ठ नागरिकहरुका लागि सधैं सहयोगी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जेष्ठ नागरिक संघ दैलेखका निवर्तमान अध्यक्ष अधिवक्ता खड्गबहादुर सिजापतिको अध्यक्षतामा भएको समारोहमा कार्यक्रममा सहभागी मध्ये सबै भन्दा बृद्ध ९३ वर्षकी अमृता दमाई, बालकुमारी थापा, जुद्धबीर चर्तिमगर र सन्तबहादुर थापालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया