जोत्नका लागि हाते ट्राक्टर आउदा सदस्यहरु खुशी

जोत्नका लागि हाते ट्राक्टर आउदा सदस्यहरु खुशी

रमेश उपाध्याय ,
असार ५दुल्लू , दैलेख जिल्ला दुल्लू नगरपालीका ८ मा रहेको जागरण सामाजिक बहु उदेश्यीय सहकारी संस्थामा जोत्नका लागी हाते ट्राक्टर आउदा सहकारीका सम्पुर्ण सदस्य लगायत स्थानियहरु खुशी भएका छन् । Pawor tellarकार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला कृषि बिकास कार्यलय दैलेखका प्रमुख रमेश चन्द्र सुबेदीले पावर टिलरको उद्घाटन गर्दै यसले गर्दा कृषिमा आधुनिकता आएको र अबको कृषि निर्बाहमुखी नभइ ब्याबसाय मुखी हुनु पर्नेमा जोड दिएका थिए ।
कृषि बिकास कार्यलय दैलेख अन्तरगत कृषि तथा खाद्यसुरक्षा कार्यक्रम आयोजनाबाट अनुदान प्राप्त भई उत्त सहकारीले खरीद गरेको सहकारीका अध्यक्ष गीता बन सन्यासीले बताईन ।
यसरी गाउँ गाउँमा गोरुको अभाब भई रहेको बेला सहकारीले हाते ट्राक्टर ल्याउदा कृषि कार्यमा सरल, सहज र छिटो काम हुने भएकाले किसानहरुले खुशी ब्याक्त गर्दै सबै किसानहरु आधुनिक कृषि खेती प्रणाली तर्फ लाग्ने बताएका थिए ।

प्रतिक्रिया