शैक्षिक सामग्री निर्माण शिक्षक आफैले निर्माण गर्ने

शैक्षिक सामग्री निर्माण शिक्षक आफैले निर्माण गर्ने

प्रारम्भिक कक्षाका वालबालिकाहरुलाई उपयोग हुने शिक्षण सिकाइका शैक्षिक सामाग्रीहरु शिक्षक शिक्षिका आफैले निर्माण गर्ने भएका छन् । जिल्ला शिक्षा कार्यालयको समन्वाय, सेभ द चिल्डेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारितामा संचालित एकिकृत परियोजना आयोजनामा संचालन भएको प्ररम्भिक कक्षाका लागि शैक्षिक सामग्री निर्माण तालिमका सहभागी शिक्षक शिक्षिकाहरुबाट शैक्षिक सामग्री आफै निर्माण गर्ने प्रतिवद्धता आए पछि प्राथमिक स्तरका कक्षाका लागि शैक्षिक सामग्रीहरु निर्माण हुने भएका हुन् ।

प्रारम्भिक कक्षाका वालबालिकाहरुलाई उपयोग हुने शिक्षण सिकाइका शैक्षिक सामाग्रीहरु निर्माण तालिमको समापन समारोहमा आफ्नो भनाई राख्दै निमित जिशिअ महेश केशर खनाल
प्रारम्भिक कक्षाका वालबालिकाहरुलाई उपयोग हुने शिक्षण सिकाइका शैक्षिक सामाग्रीहरु निर्माण तालिमको समापन समारोहमा आफ्नो भनाई राख्दै निमित जिशिअ महेश केशर खनाल

चार दिन सम्म चलेको तालिममा जम्वुकाँध, चामुण्डा, विसल्ला, राकम कर्णाली, साविकको पादुका, खड्कवाडा, सिगौडी, सेरी, पिलाडि र लालिकाडा गाविस स्थित प्राथमिक कक्षाका तिस जना शिक्षक शिक्षिका सहभागि थिए । तालिममा विभिन्न विषयहरुको शिक्षण सिकाईमा प्रयोग हुने बहुउद्धेश्यीय चक्का, हारवेरियम किता, दाइसविनव्याग, पजल, अक्षरमाला, अक्षर दोमिनो, अंक दोमिनो, वर्ड दोमिनो, क्रिटिभ राइटिंग, न्यूमेरीसी र मेरो किताव लगाएतका शैक्षिक सामग्रीहरु निर्माण गर्ने सिप प्रदान गरिएको छ । प्रारम्भिक शिक्षाका लागि शैक्षिक सामग्रीको माध्याम अति आवस्यक रहेको भन्दै तालिम समापनका प्रमुख अतिथि तथा निमित्त जिल्ला शिक्षा अधिकारी महेशकेसर खनालले भने तालिम थोरैलाई होइन जिल्लाका सवै प्राथमिक तहका शिक्षक शिक्षिकाले पाउनु पर्छ, यसका लागि जिल्ला शिक्षा कार्यालयलयले विभाग र मन्त्रालयमा आग्रह गर्छ उन्ले भने ।

प्रारम्भिक कक्षाका वालबालिकाहरुलाई उपयोग हुने शिक्षण सिकाइका शैक्षिक सामाग्रीहरु निर्माण तालिमको समापन समारोहलाई समापन सहित आफ्नो भनाई राख्दै सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा

बालबालिकाहरुको सिकाइमा गुणस्तर आओस भनेर लगानी गरिएको छ, तालिममा सिकेका कुरा व्यवहारमा होउन , अब विद्यालयका कक्षा कोठामा शैक्षिक सामग्रीहरुको अपुगता नहोस सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापाले भने । सिप नभएका कारण शैक्षिक सामग्रीहरुको अभाव थियो, अब हामी आफैले समग्री निर्माण गर्ने सिप सिकेका छौ, विद्यालयमा गएर अरु शिक्षक शिक्षिका र अभिभावकहरुलाई पनि सिकाउँछौ, बाल मैत्री शिक्षण सिकाइका लागि शैक्षिक सामग्रीको अभाव हुन दिदैनौ, तालिममा सहभागी सरस्वती उमावि खड्कावाडाकी शिक्षिका मिना खड्काले भनिन् । तालिमको सहजिकरण मुकेश कुमार थारुले गरेका थिए ।

आफ्नो भनाई राख्दै तालिममा सहभागी सरस्वती उमावि खड्कावाडाकी शिक्षिका मिना खड्का
आफ्नो भनाई राख्दै तालिममा सहभागी सरस्वती उमावि खड्कावाडाकी शिक्षिका मिना खड्का

यस्तै तालिम अर्को चरणमा पनि सुरु हुने आयोजक संस्था सोसेकले जनाएको छ ।

प्रतिक्रिया