सूचना लिन गएकोलाई दवाव अर्थाइन्छ ः रावत

सूचना लिन गएकोलाई दवाव अर्थाइन्छ ः रावत

दैलेख, असार ६ – नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य उमेशकुमार रावतले पीडित बारे सूचना लिन जाँदा प्रहरी प्रशासनलाई दवाव दिएको अर्थ लगाउने गरिएको दुखेसो पोख्नुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालयले आज दैलेखमा आयोजना गरेको मानवअधिकारको अवस्था सम्वन्धी समीक्षा कार्यक्रममा उहाँले त्यस्तो स्पष्टीकरण दिनुभएको हो । INSEC 2073.3  (3)  रावतले भन्नुभयो ‘पीडक पक्षले संरक्षणका लागि दलहरुको सम्पर्क आउने गरेको सत्य हो तर दलले घटनाको वास्तविकता बुझ्न प्रहरी प्रशासनमा गएको विषयलाई दवावको अर्थ लगाइन्छ ।’ त्यस बखत नेकपा एमालेका जिल्ला उपाध्यक्ष प्रेमबहादुर थापाले मानवअधिकार हनन्का घटनामा दलहरुले पीडितको न्यायको निम्ति काम गरिरहेको बताउनुभयो ।
सामाजिक कानूनी सहायता केन्द्रका कानून अधिकृ अधिवक्ता सर्वराज जोशीले पछिल्लो समय प्रहरी प्रशासन र अदालतको सहयोगी भूमिकाका कारण पीडितलाई न्याय दिलाउन सहज भएको प्रष्ट्याउनुभयो । INSEC 2073.3  (2)
दैलेखका प्रहरी नायव उपरीक्षक बीरबहादुर ओलीले सामाजिक कुरीति र कुसंस्कार अवशेष बाँकी रहेको कारण छिटपुट मानवअधिकार हनन्का घटना भए पनि जिल्लामा पछिल्लो समय मानवअधिकारको अवस्था सुधार हुँदै आएको बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद भट्टराईले सामाजिक मर्यादा र अनुशासनलाई कडाईका साथ कार्यान्वयन गराउन सके गर्न सके शान्ति सुव्यवस्था कायम गर्न र मानवअधिकारको प्रवद्र्धनमा प्रभावकारिता बढ्ने बताउनुभयो ।
त्यसबखत जिल्लामा मानवअधिकार हनन्का घटना प्रबृति र नूनीकरणका निम्ति जिल्लास्थित मानवअधिकारसंग सम्वन्धित सरोकारवाला निकायवीच समन्वय विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का जिल्ला प्रतिनिधि अमरबहादुर सुनारले सहजीकरण गर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय, दैलेख जिल्ला अदालत लगातका निकायसंगको समन्वयमा लिइएको तथ्यांक अनुसार सन् २०१६ को जनवरी १ तारिकपछि दैलेखमा घरेलु हिंसाका ९, सम्वन्ध विच्छेद २१, बाINSEC 2073.3  (1)लअधिकार हनन् २, धम्की २, कुटपीट ७ र कर्तव्य ज्यान २ वटा समेत ४३ वटा मानवअधिकार हनन्का घटना अभिलेखीकरण भएको छन् ।

प्रतिक्रिया