कांग्रेसको प्रस्ताव प्रधानमन्त्री ओलीले मानेनन् भूकम्पपीडितलाई एकमुष्ट पैसा दिन कानुनी अड्चनः सरकार

कांग्रेसको प्रस्ताव प्रधानमन्त्री ओलीले मानेनन् भूकम्पपीडितलाई एकमुष्ट पैसा दिन कानुनी अड्चनः सरकार

विमल योगी

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी ओलीले प्रमुख विपक्षी दल नेपाली कांग्रेसको मागअनुसार भूकम्पपीडितहरूलाई एकमुष्ट दुई लाख रुपियाँ दिन नसकिने भनेपछि संसदको बैठक स्थगित भएको छ ।

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक कांग्रेसले भूकम्पपीडितलाई दुई लाख रुपियाँ एकमुष्ट दिनैपर्ने मागका विषयमा प्रधानमन्त्रीले रुची नदिएपछि बैठक आइतबारसम्मका लागि स्थगित भएको हो । कांग्रेसले सदन चल्न नदिने भन्दै अबरोध गर्ने चेतावनी दिएपछि संसद सचिवालयले संसदको बैठक आइतबार बिहान ११ बजेसम्मका लागि सदन स्थगित गरेको सूचना टाँस गरेको छ ।

यसअघि प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवासँग अलग परामर्श गर्नुभएको थियो । त्यस क्रममा ओलीले कांग्रेसले भने जसरी दुई लाख रुपियाँ एकमुष्ट दिन नसकिने बताउनुभएको थियो । तर, सभापति देउवाले भूकम्पपीडितलाई दुई लाख रुपियाँ एकमुष्ट दिनै पर्ने बताउनुभएपछि बैठक प्रभावित भएको हो ।

बैठक स्थगित भएपछि पत्रकारसँग कुरागर्दै कांग्रेसका सांसद प्रकाश शरण महतले प्रधानमन्त्रीले कांग्रेस मागमा प्रतिवद्धता मात्रै जनाउने भनेपछि आफूहरूले सदन चल्न नदिएको बताउनुभयो । ‘प्रधानमन्त्रीले मात्रै संसद बोलेर केही हुँदैन भन्ने हाम्रो कुरा हो’, उहाँले भन्नुभयो, ‘दुई लाख रुपियाँ दिनुपर्ने प्रतिवद्धता नआउँदासम्म सदन चल्दैन ।’

कानुनमन्त्री अग्नि खरेलले कांग्रेसले माग गरे जस्तै गरेर भूकम्पपीडितहरूलाई एकमुष्ट दुई लाख रुपियाँ दिन कानुनले नमिल्ने बताउनुभयो । ‘कांग्रेसले भने जसरी दुई लाख एकमुष्ट दिन मिल्दैन’, उहाँले भन्नुभयो, ‘कतिपय कानुनी कुरालाई पनि ध्यान दिनुपर्छ । कांग्रेसले अनावश्यक सदन चल्न दिएन ।’

यसअघि कांग्रेसले बिहीबार पनि संसद बैठक चल्न दिएको थिए । प्रधानमन्त्री ओलीले सदन खुलाउन प्रयास गरेपनि असफल हुनुभएको छ ।

संसदको अर्को बैठक अब आइतबार बिहान ११ बजे बस्नेछ । त्यसअगाडि सहमतिको प्रयास खोजिने सांसदहरूले बताएका छन् ।

साभार ःदैनिक नेपालवाट

प्रतिक्रिया