लक्ष्मिको खुसी

लक्ष्मिको खुसी

दैलेख, भवानी – ५ की ७४ वर्षिया लक्ष्मी बोगटी नियमित सामाजिक सुरक्षा भत्ता पाउँदा औधी खुसी भएको वताईन । नियमित भत्ता पाउँदा खर्च गर्न सहज भएकोमा सार्वजनिक कार्यक्रमै खुसी ब्यक्त गरेकी हुन् ।

आफुहरुलाई गाविसले नियमित भत्ता दिएको खुसी साट्दै लक्ष्मी बोगटी । तस्विर ः गोविन्द केसी÷नागरिक
आफुहरुलाई गाविसले नियमित भत्ता दिएको खुसी साट्दै लक्ष्मी बोगटी । तस्विर ः गोविन्द केसी÷नागरिक

“सरकारलाई धन्यवाद । अँझ हाम्रो दुःख देखेर भत्ता बढायो ।” लक्ष्मीले भनिन् ः “नियमित भत्ता पाएपछि खर्च चलाउन राम्रो भएको छ ।” उनीजस्ता गाविसका सामाजिक सुरक्षा भत्ता नियमित पाउँदा आफुहरुको सानातिना समस्याहरु समाधान गर्न सहज भएको जेष्ठ नागरिकहरु बताउँछन् । गाविस कार्यालयमा भेला भएका जेष्ठ नागरिकहरुले आफुहरुले पाएको नियमित भत्ताकै कारण बुढेसकालको साहारा भएको बताए । आफुहरुलाई सरकारले सामाजिक सुरक्षा भत्ता बढाएर पुण्यको काम गरेको नरप्रताप काफ्लेले बताईन् । गाँउमै ल्याएकै दिन आफुहरुले भत्ता पाउने गरेको अमृता रोकायले बताईन् । उनी भन्छिन् ः “भत्ता गाँउमै आयो की हातमै पाउँछौ ।”
कार्यालय सहायक आशा काफ्लेले गाविसभर पुगेर हातहातमै भत्ता बाँड्ने गरेपछि आफु निकै खुसी भएको जेष्ठ नागरिकहरु बताउँछन् । जिविसले भत्ता पठाएसगै आफुले पनि तत्कालै भत्ता पाउने गरेको भवानीका विधुवा महिला राते बोगटीले बताईन् । भत्ता बाँड्न जाँदा लुटपाट हुने डरले प्रचारप्रसार गरेर भत्ता लिन बोलाउन नसकिने गाविसका कर्मचारीहरु बताउँछन् । सामाजिक सुरक्षा भत्ताको प्रभावकारिता र वितरण प्रकृयाबारे गरिएको सार्वजनिक सुनुवाईमा गाविसमा भत्ता पाउने जेष्ठ नागरिकहरु सहभागी थिए । उनीहरुले सरकारलाई आफ्नो भत्ता बढाएको धन्यवाद समेत दिए ।

प्रतिक्रिया