सरोकारवाला निकायलाई व्यवसायिक वेसार खेतीको अवलोकन भ्रमण

सरोकारवाला निकायलाई व्यवसायिक वेसार खेतीको अवलोकन भ्रमण

दुर्गा वि.सी
सल्यानको पश्चिम क्षेत्रका सरोकारवाला निकायलाई पार्ड नेपाल सल्यानले व्यवसायि वेसार खेतीको अवलोकन गराएको छ । सल्यानको पश्चिम क्षेत्रका राजनैतिक दल,पत्रकार,समुहमा आवद्ध अगुवा किसान,तरकारी संकलन कर्ता व्यवसायि ,विभिन्न सँघसंस्थाका व्यक्तिहरुलाई सिप विकासको लागि सल्यानको काल्चे र रामपुर गाविसमा किसानले लगाएको वेसार खेतीको अवलोेकन भ्रमण गराएको जनाएको छ । Salyan Besarकरिव ५० जना भन्दा वढि सरोकारवाला नागरिकलाई अवलोकन भ्रमण गराएको पार्ड नेपाल सल्यानकी संयोजक कल्पना सेजवालले वताईन । सेजवालका अनुसार सल्यानका १० गाविसमा किसान लक्षित कार्यक्रम गरेको र कतै बाख्रापालन,तरकारी खेती, किसान लक्षित विकासे काममा ३ रोडको हाराहारीमा काम गरेको जानकारी दिइएकीछन् । सल्यानको काल्चे गाविस र रामपुरमा विभिन्न समुहमा आवद्ध भई व्यवसायी वेसार खेती गरेका क्षेत्रको अवलोकन गराएको थियो । भ्रमण सकिए पछि रामपुर गाविसको गाविस भवनमा ४ गाविसका सरोकारवाला निकायको माझमा संस्थाकि संयोजक सेजवालले प्रगतीमुलक प्रतिवेदन सार्वजनीक गरेकी थिईन । सहयोगी सँस्था पार्ड नेपाल सल्यान,उच्च मुल्य कृर्षि वस्तु विकास आयोजना सुर्खेत,उद्योग वाणिज्यसँग सल्यान,जिल्ला कृर्षि विकास कार्यलय सल्यानको सँयुक्त साझेदारीमा कार्यक्रमको आयोजना भएको वताइएको छ ।

प्रतिक्रिया