काग्रेसको पदाधिकारीले पुर्णता

काग्रेसको पदाधिकारीले पुर्णता

दैलेख मंगलवार वसेको पार्टी जिल्ला कार्य समिति वैठकले नेपाली काँग्रेस जिल्ला कार्यसमितिको पदाधिकारीले पुर्णता दिएको छ । तिन पद उपसभापती, सचिव र सहसचिवमा मनोनयन गरे पछि पदाधिकारीले पुर्ण पाएको हो ।

ncतिन पदाधिकारी पदमा उपसभापति भुपेन्द्रजंग महत, सचिव टेकबहादुर कटुवाल र सहसचिवमा रत्नबहादुर शाही सर्वसम्मतिवाट मनोनयन भएका हुन् । नेपाली कांग्रेसको विधान वमोजिम जिल्ला पार्टी जिल्ला सभापती कृष्णकुमार बी सी ले पदाधिकारी पदमा तिन जनाको नाम प्रस्ताव गरे पछि सम्पुर्ण जिल्ला कार्य समितिका सदस्यहरुले त्यसलाई अनुमोदन गरेका थिए । सभापति कृष्ण कुमार वी सी सहित सचिवमा भुपेन्द्रबहादुर शाही र कोषाध्यक्षमा पूर्णबहादुर खत्री भने १३ आँै महाधिवेशनले निर्वाचित भएका थिए । बाँकी तिन पदमा नेपाली काग्रेसको विद्यान वमोजिम अधिवेसनवाट निर्वाचित जिल्ला कार्य समिति सदस्य र महाधिवेसन प्रतिनीधिहरुवाट मनोनयन गरिएको हो । मनोनयनमा भएका उपसभापति भुपेन्द्रजंग महत यसभन्दा अगाडीको कार्यकालका जिल्ला कोषाध्यक्ष हुन् भने सचिव टेकबहादुर कटुवाल तरुण दलका जिल्ला अध्यक्ष हुन् । सहसचिव रत्न शाही पनि सामाजिक कार्यकर्ता र पत्रकारिताको विरासतवाट कांग्रेस पार्टी वृतमा आएका हुन् । कांग्रेसको १३औँ महाधिवेसनले अहिलेको समसामयिक राजनीतिक अवस्थालाई विश्लेषण गरि पाका नेताहरुको सुझावका आधारमा यूवाहरुलाई वढि जिम्वेवार वनाएको सभापति कृष्णकुमार वी सी ले बताए । पार्टी जिल्ला कार्य समितिले पुर्णता पाए पछि अव कांग्रेस संगठन सुदृढिकरणका लागि गाउँ अभियानमा जुट्ने पार्टीले जनाएको छ ।

प्रतिक्रिया