दैलेखमा धान दिवश होम स्टे संचालन गाउँमा

दैलेखमा धान दिवश होम स्टे संचालन गाउँमा

दैलेख, खागितडा असार १५ लाई धान दिवशको रूप दिएर दैलेख जिल्ला कृषि विकास कार्यालयले मनाउन थालेको यो ६ औं वर्ष हो । यसपटकका लागि स्थान तोकियो कालभैरवको खागितडा । यस वर्ष धान दिवश मनाएको खागितडा दैलेखको पहिलो होम स्टे संचालन भएको गाउँ हो । दैलेख सुर्खेत मोटर वाटोको चुप्रा वजारबाट पश्चिममा पर्ने यो क्षेत्रमा बुधबार दैलेख वजारका विभिन्न कार्यालय र संघ संस्थाका प्रमुख प्रतिनिधि सहित र्यालीमा सहभागी हुँदै हिलोमा पसे । एकातिर औपचारिक कार्यक्रम चल्दै थियो । हिलो खेल्न नचाहनेका लागि बलजफ्ती गर्न नपाइने नियमका कारण यसपटकको रोपाइँ महोत्सव अनुशासित देखिएको थियो । हिलो नखेल्नेले बाहिर बसेर खेल्नेलाई हेर्दै मजा मानेका थिए । आयोजक जिल्ला कृषि विकास कार्यालय दैलेख आयोजनामा भएको यस कार्यक्रम स्थानिय विकास अधिकारी हरि प्याकुरेल दैलेख जिल्लाले कृषि, वन र पर्यटनको विकासमा धेरै सम्भावना बोकेकाले सरकारले विशेष बजेट दिएर सघाउन जरुरी रहेको बताए । उनले भने ‘दैलेख जिल्ला ६ नम्बर प्रदेशले कृषि, वन र पर्यटनमा बोकेका सम्भावनालाई सरकारले सघाउने हो भने सातवटै प्रदेशमध्येको समृद्धमा उदाहरण हुन सक्छ । सरकार व्यापारी र नाफा खाने नियतको हुनु भएन ।’ गत वर्षको रोपाइँ महोत्सव तोलीमा गरिएको थियो । यसपटक फरक क्षेत्र छनोट गरिएको थियो भने यो क्षेत्र दैलेखको पहिलो होम स्टे संचालन भएको क्षेत्र हो ।

प्रतिक्रिया