जालीले जोगायो बिरौटा गाउँ

जालीले जोगायो बिरौटा गाउँ

दैलेख अबलपराजुल–५ बिरौटा खेतका २९ परिवार २०७१ सालको बाढी सम्झेर अहिले पनि गहभरि आँसु पार्छन् । खोलानजिकै सानो गाउँ बिरौटा खेतको पाँच सय मिटर भूभाग २०७१ सालमा बगेको थियो । यो भूभागमा रहेका एक सय ५० जनाले गाउँबाट विस्थापित हुनुपरेको थियो ।

village-623x330वर्षायामसँगै गाउानजिकै रहेको पराजुली खोला र चोर खोला बिरौटावासीको त्रास बनेर उर्लिन्छ । यही दुई खोलाले बिरौटा खेत गाउँलाई २०७१ सालमा खण्डहर बनाएको थियो ।

आवश्यकताका आधारमा काम

जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख शेखर चपाईंसहितको टोलीले गाउँको अनुगमन गरेको छ । आवश्यकताका आधारमा काम गर्दा धेरै ठाउँको जोखिम कम भएको चपााईंले बताए । स्थानीयलाई सान्त्वना दिँदै चपार्इंले भने, ‘यो वर्ष तपाईंहरूको गाउँ बग्दैन, जालीले सुरक्षित गरेको छ ।’

गाँउ अझै अन्धकार

दुई वर्षअघिको पीडा सम्झेर बिरौटावासीले यो वर्षको असार लाग्नुअघि नै बाढीपहिरो रोकथामका लागि हारगुहार गरे । यही क्रममा उनीहरूले जिल्ला भू–संरक्षण कार्यालयबाट एक सय ५५ थान जाली पाए । एक साताअघि मात्रै चोर खोला र पराजुली खोलामा ठूलो बाढी आए पनि जालीकै कारण गाउँमा केही जोखिम भएन । स्थानीय दीपक कार्कीले भने, ‘जालीले गाउँ त जोगायो, तर दुई वर्षअघि नै बगेको विद्युत् उत्पादन गृह अझै बनेको छैन ।’ बाढीले विद्युत्गृह बगाएपछि अहिले गाउँ अन्धकारमय भएको छ ।

जिल्लादेखि केन्द्रसम्म बिरौटाखेतमा समस्या भएको भन्दै विभिन्न निकायलाई गुनासो गरेको दुई वर्षपछि भू–संरक्षण कार्यालयले मात्रै समस्या बुझिदिएको दीपक कार्कीले बताए । ‘रातादिन मिहिनेत गरेर गाउँ जोगाउने अभियानमा लाग्यौँ ।’ कार्कीले भने, ‘दुई वर्षअघिदेखि बिरौटाखेतमा भएको क्षतिको विवरण उठाएर लगिए पनि अहिलेसम्म राहत पाएका छैनौं ।’

जिल्ला भू–संरक्षण कार्यालय दैलेखले दिएको एक सय ५५ थान जाली पनि स्थानीयवासीले श्रमदानमा भरेका थिए ।  खोलानजिकको केही खेत बगे पनि गाउँ बचेकामा उनीहरू खुसी छन् ।

साभार ः नया पत्रिका

प्रतिक्रिया