बालबालिका गरे, वृक्षारोपण

बालबालिका गरे, वृक्षारोपण

दैलेख, असार १९ – खड्कवाडाका बालबालिकाहरुले विद्यालय हाताभित्र वृक्षारोपन गरेका छन् । नव जागरण बाल क्लवको आयोजनामा खड्कवाडास्थित सरस्वती उच्च मावि परिसरभित्र वृक्षारोपण गरेका हुन् । Bikchha ropan bikchha ropan 1क्लवमा आवद्ध बालबालिकाहरुले विद्यालयको वातावरण हरियाली बनाउन र बातावरण संरक्षणका लागि वृक्षारोपणको कार्यक्रम राखीएका बताएका छन् । क्लवका बालबालिकाहरु सहभागितामा वृक्षारोपण गरिएको हो । विद्यालयलाई सफा राख्ने, वातावरण संरक्षण हुने, हरियाली वातावरण वनाउने र विद्यालयलाई आम्दानी हुने खालका विरुवा रोपिएको वाल क्लवका अध्यक्ष सुनिता शाहीले बताईन । विद्यालयको बर्खे विदाको दिनलाई उपभोग गरेर उनीहरु वृक्षारोपण गरेर राम्रो काम गरेको शिक्षक भद्र रावतले वताए ।

प्रतिक्रिया