सडक वत्तिको करोडको सम्झौता

सडक वत्तिको करोडको सम्झौता

गोविन्द केसी
दैलेख, असार १७ – सौर्य सडक बत्ती कार्यक्रमका लागि नारायण नगरपालिकाले असार १५ गते उपभोक्ताहरुसंग सम्झौता गरेको छ । असार सकिन लाग्दा नगरपालिकाले उपभोक्तासंग १ करोडको कार्यक्रम सम्झौता गरेको हो ।
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले जेष्ठको अन्तिममा सौर्य सडक बत्ती कार्यक्रम गर्नका लागि अख्तियारी दिएको थियो । स्टेमेन्ट लगायत कुरा तयार पार्न लाग्दा सम्झौता असार १५ मा गरिएको नगरपालिकाका ईन्जिनियर हिक्मत रोकायले स्विकारेका छन् । ४ भागमा उपभोक्ता समिति गठन गर्न लगाएर भागबण्डामै सम्झौता गरिएको छ । श्रोतका अनुसार उपभोक्ता समिति गठनमा समस्या आएपछि भागबण्डामै ४ बटा समिति बनाईएको हो ।
नगरपालिकाको चुप्रादेखी कलेलचौकसम्म ठाँउठाँउमा सौर्य बत्ती बाल्ने कार्ययोजना रहेको छ । चुप्रादेखी दुई खम्वा बजार (लोहोरे बजार र बरावत चौक सहित) एउटा उपभोक्ता समिति गठन गरिएको छ । यहाँ २२ पोल सहित सोलार बत्ती जडान गर्नुपर्ने छ । त्यस्तै पुरानो बजार बसपार्कदेखी देवकोटा चौक र देवकोटा चौकदेखी टेलिकम टावरसम्म र काँडाचौर बसपार्कदेखी कलेल चौकसम्म गरी ४ उपभोक्ता समिति बनाईएको हो । क्रमश २०, २८ र २३ पोलहरु समितिले ल्याएर सोलार फिट गर्नुपर्नेछ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले ६५ लाख अनुदान, नगरपालिकाले (समपुरक कोष) २० लाख र स्थानीय उपभोक्ताले १५ प्रतिशत (लागत सहभागीता) बापत १५ लाख अग्रिम जम्मा गर्नुपर्नेछ । असार सकिन लाग्दा विकास बजेटको अख्तियारी आउँदा गुणस्तरिय काममा शंका हुने स्थानीयहरु बताउँछन् । मन्त्रालयले सुचिकृत गरेका फर्मबाट पोल र सोलार सेट खदिर गरिने नगरपालिकाका ईन्जिनियर हिक्मत रोकायले बताए । “असारभित्र मन्त्रालयबाट आएको बजेट सक्नुपर्ने सक्नुपर्ने परिपत्र आएको छ ।” ईन्जिनियर रोकायले भने, नगरपालिका र उपभोक्ताबाट जम्मा रकम कात्तिमसम्म खर्च गर्न सकिनेछ । उपभोक्ता समितिका अनुसार असारभित्रै आफुहरुलाई दिईएको जिम्मेवारी सकेर फरफारक गर्ने जनाएका छन् । ढिलो अख्तियारी आएकाले उपभोक्तासंग सम्झौता पनि ढिला गरिएको नगरपालिकाका कार्यकारी अधिकृत भक्तबहादुर मल्लले बताए ।

प्रतिक्रिया