गाँउमा नयाँ घरहरु बनेपछि ……

गाँउमा नयाँ घरहरु बनेपछि ……

गोविन्द केसी
दैलेख, खड्गवाडा– रातो माटोले लिपेको सफा, चिटिक्क घर । वरपर सरसफाई उस्तै । धेरै झुकिन्छन पनि । मुल घरकै आँगन तथा घरछेउमा प्रायजसो टिनले छाएको दुई तलासम्मका घरहरु । यहाँ पुग्ने जो कोहीलाई पनि दंग पर्छन । कस्का लागि अर्को घर बनेको होला ? धेरैको मनमा उत्सुक्ता जाग्नु स्वभाविक नै हो । भाईहरु छुट्टिएर अर्को घर बनाएछन् की भनेर सोच्छन् तर, होईन् ।

आफुहरुले बनाएको बाख खोर देखाउँदै किसानहरु । तस्विर ः गोविन्द केसी
आफुहरुले बनाएको बाख खोर देखाउँदै किसानहरु । तस्विर ः गोविन्द केसी

दैलेखको खड्कवाडा गाविसका किसानहरुले आफुबस्ने जस्तै चिटिक्क पारेर बनाएका घरहरु खसी÷बाख्राहरुका लागि बनाईएको हो । यहाँका किसानहरुले बाख्रा पालनलाई ब्यवसायीक योजनाका बनाएर घरघरै सफा र सुरक्षित घरहरु बनाएर सवैलाई अच्चमित पारेका हुन् ।
घाँस धेरै पाईने र बाख्रा पालनका लागि सफल मानिएको खड्कवाडामा किसानहरुले सामुहिक रुपमा बाख्रा पालनको नमुना गाँउ बनाउने गरी ब्यवस्थीत सुविधासम्पन्न खोर बनाएर सुरुवात गरेका हुन् । गाँउका ४४ घरले बाख्रा पालनका लागि गाँउमै गठन गरेका सहकारी संस्थाहरु मार्फत बाख्रा खोर बनाउने अभियानमा लागेका हुन् । उच्च मूल्य कृषि बस्तु विकास आयोजनाको सहयोगमा सोसेकले यहाँका किसानहरु सहभागी भएर गाँउमै खोलिएका ७ वटा सहकारी मार्फत बाख्रा घर निर्माण गरिएको हो ।

प्रत्येक किसानलाई प्रति बाख्रा घरका लागि सहकारीले २० हजार रुपैँया उपलब्ध गराएको थियो । “आयोजनाले थोरै पैसा दिएको थियो ।” परियोजनाका सोसेक संयोजक पुस्कर रुपाखेतीले भने, किसानहरुकै अग्रसरतामा ब्यवसायीक ठुलाठुला बाख्रा खोरहरु बनाएका हुन् । “स्थानीयले ३ लाख रुपैँयासम्म खर्च गरेर बाख्रा खोरहरु निर्माण गरेको बताउँछन् । उनीहरुले ठुला र साना खसीबाख्राहरु बस्ने बेग्लाबेग्लै कोठाहरु निर्माण गरेका छन् ।” ठाँउमा बावुबाजेले बनाए झै साँगुरो गोठको साटो घरकै आकृतीमा ठुलै बनाए । “ खड्कवाडाका किसान रत्नप्रसाद जैसीले भने, पाठापाठीदेखी बाख्रा÷खसीसम्म हुल्ने कोठाहरु फरकफरक छन् । धेरै बाख्राहरु पाल्ने उद्देश्यले ठुलै घर बनाएका हुँ ।” ठुलो सपना देखेर बाख्रा गोठमा ढाई लाख रुपैँया खर्च गरेर बनाएको जैसीको भनाई छ । “भविष्य राम्रो देखेर बाख्रा बस्ने खोर घरजस्तै बनाए ।” जैसी भन्छिन् ः “यहाँ गर्न सके बाख्राबाटै बर्सेनी लाखौं रकम कमाईन्छ ।

अव ब्यवसायीक रुपमा पाल्ने सोच बनाएको छु ।” त्यती मात्र होईन उनीहरुले काठबाटै घाँस झुण्डाएर आधुनिक रुपमा बाख्राहरुलाई खुवाउने समेत गरेका छन् । हामीले खसी÷बाख्रा धेरै पालेर आर्थिक स्तर बढाउनका लागि ठुलो बाख्रा खोरहरु बनाएको खड्कवाडा – ५ चाल्साकी किसान जसोधा शर्माले बताईन् । आफुहरुले घाँसको बोट रोप्नेदेखी खुवाउनसम्म आधुनिक प्राविधि प्रयोग गरेको शर्माले बताईन् । ७ वटा सहकारी मार्फत किसानहरुले २५ सय खसी विक्रि गरेको त्रिवेदी बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष काशीराम शर्माले बताए । “खोरहरु बनिसके अव एकै पटक गाँउ खसीहरु संकलन गरेर विक्रि गर्ने कार्ययोजना रहेको छ ।” अध्यक्ष शर्माले भने, “विक्रि गर्न झन्झट पनि हुँदैन्, किसानहरुको आर्थिक स्थिति पनि बढ्छ ।”

प्रतिक्रिया