दैलेखका ७० बिद्यालयहरुम विद्यर्थीलाई हात धुने तरिका सिकाइयो ।।

दैलेखका ७० बिद्यालयहरुम विद्यर्थीलाई हात धुने तरिका सिकाइयो ।।

बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा दैलेखका ७० बिद्यालयहरुमा विद्यर्थीलाई हात धुने तरिका सिकाईएको छ । एकिकृत बिकास समाज नेपालको प्राबिधिक सहयोगमा दैलेख जिल्लाका १ सय ६७ बिद्यालयहरु मध्य हाल सम्म ७० विद्यालयमा हात धुने तरीका सिकाईएको हो । बिद्यालयहरुमा बाल क्लब गठन गरी बिद्यार्थीहरुलाई ब्यक्तिगत सरसफाईको बारेमा जानाकारीका साथै जोखिमपुर्ण अबस्थामा हात अनिवार्य धुने तरिका सिकाईएको हो । बिद्यालय सरसफाई कार्यक्रम अन्तर्गत ६६ बिद्यालयहरुमा बिद्यालयको खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको एकिकृत बिकास समाज नेपालका कार्यक्रम अधिकृत रमेश खनाल जानकारी दिनुभयो । साथै स्वच्छता समन्वय समितिका सदस्यहरुलाई व्यक्तिगत, घरायसी र वातावरणीय सरसफाई, पौष्टिक आहारको महत्व, फोहोरको उचित ब्यवस्थापन बारे जानकारी गराईएको अधिकृत खनालले बताउनु भयो । एकिकृत बिकास समाज नेपालले दार्चुला, बाजुरा, बझांङ, दैलेख, जाजरकोट र रुकुम गरी ६ जिल्लामा बिद्यालय WASH कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया