प्रहरी भवन शिलान्यास

प्रहरी भवन शिलान्यास

दैलेख,– जिल्ला प्रहरी कार्यालय दैलेखको भवन एक कार्यक्रम माँझ शिलान्यास गरिएको छ । दैलेख प्रहरी प्रमुख (डिएसपी) वीरबहादुर ओलीबाट भवन शिलान्यास गरिएको हो । DSP Bhabanशिलान्यास गरिएको भवनहरुमा ब्यारेक भवन, मेश भवन, सेफिटट्याङ्की र सोकपिट निर्माण हुनेछ । साँगुरो कोठामै प्रहरी जवानहरु बस्नुपर्ने बाध्यता हुँदैआएकोमा अव भवन निर्माणसंगै सहज हुने जनाईको छ । आईजीपी साप दैलेख आएको अवसरमा स्थानीयको मागकै आधारमा भवन निर्माणका लागि बजेट आएको दैलेख प्रहरी प्रमुख वीरबहादुर ओलीले बताए । तिन तलामा महिला ब्यारेक, जवान र जुनियर प्रहरी अधिकृत ब्यारेक हुनेछ । भवनको क्षमता एक सय जना बस्ने सक्ने बनाईने जनाईएको छ । उनीहरुको लागि सुविधासम्पन भवन १४ महिनाभित्र बन्नेछ । भवन २ करोड २७ लाख २९ लाख १ सय ४ रुपैयाँमा निर्माण कम्पनीले ठेक्का लिएको छ ।

प्रतिक्रिया