अपहरण परेको २ घन्टा पछि ६ बर्षिय बालक सकुशल अपहरण मुक्त,

अपहरण परेको २ घन्टा पछि ६ बर्षिय बालक सकुशल अपहरण मुक्त,

आज मध्यान्न १२ बजेतिर अपहरणमा परेका एक बालकको सकुशल उद्दार गरिएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाट अपहरणमा परेका बालकको भारत लैजादै गरेको अवस्थामा बसपार्क बाट पक्राउ गरिएकोे ईलाका प्रहरी कार्यालय कोहलपपुरका डिएसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए । apaharan-1-1तुलसीपुर नगरपालिका ९ का ६ बर्षिय बालक सृजन ओली संगै अपहरण कारी बाँके महादेवपुरी ४ गुरुवा गाउँका २९ बर्षिय अमर खड्कालाई पक्राउ गरिएको छ । डिएसपी काफ्लेका अनुसार अपहरण कारी खड्का भारतको गोवा बस्दै आएको र बच्चालाई ललाई फकाई गरि भारतमा लग्ने क्रममा पक्राउ गरिएको हो । तुलसीपुर बाट सुत्केरी हुन आएकि आएकि आमाको साथमा आएका उक्त बालकलाई गएराती देखि नै मेडिकल कलेजमा विभिन्न लोभ देखाएर अपहरण गरेको डिएसपी काफ्लेले बताए । बच्चा अपहरणमा परेपछि दशविगाह मेडिकल कलेज क्षेत्र तनाव ग्रस्त बनेको थियो । पक्राउ परेका अपहरण कारीको थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेको भनाई छ ।

साभार ःदैनिक पाेष्ट

प्रतिक्रिया