जवरजस्ती करणी मुद्दामा २२ वर्ष कैद ।।

जवरजस्ती करणी मुद्दामा २२ वर्ष कैद ।।

भिम सिजापति,
दैलेखमा एक बालिकालाई जवरजस्ती करणी गर्ने व्यक्तिलाई २२ वर्ष कैदको सजायभएको छ । दैलेख  जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट आज सो फैसलाभएको श्रेस्तेदार अधिकृत गोविन्दआचार्यले जानकारी दिनुभयो । स्थानीय भैरीकागाउँका परिवर्तित नाम ‘डीवान’ले ‘६२ ख’नामकी १३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको कसूरमा१२ वर्ष र हाडनाताको सजाय १० वर्ष समेत २२ वर्ष कैद भएको हो । गतकात्तिक २३ गते जवरजस्ती करणी सन्दर्भमा प्रयोगशाला प्रतिवेदनले करणी भएको पुष्टी गरेको बताइएको छ । फैसलामा पीडित बालिकालाई १ लाख क्षतिपूर्ति दिलाउन महिला बालबालिका कार्यालय दैलेखका नाममा आदेश भएको छ । जिल्ला अदालतले यस अघि पनि जवरजस्ती करणी मुद्दामा पीडकबाट क्षतिपूर्ति भराउन सक्ने अवस्था नदेखिएकोले राज्यकोषबाट पीडितलाई क्षतिपूर्ति दिलाउन आदेश भएको थियो ।

प्रतिक्रिया