रस अल खैमहमा खुल्यो नेपाली रेष्टुरेण्ट

रस अल खैमहमा खुल्यो नेपाली रेष्टुरेण्ट

राम तामाङ, यूएई, असार १८

१४ हजार भन्दा धेरै नेपालीको बसोबास भएको युएईकै शान्त ठाउँ रस अल खैमहको नखिलमा पहिलोपल्ट नेपाली समुदायलाई लक्षित गरी विधिवत रूपमा काठमाडौ रेष्टुरेण्ट सञ्चालनमा आएको छ । रेस्टुरेन्टको शुक्रबार बिधिवत उद्घाटन गरिएको हो ।  

Kathmandu-Restaurantरस अल खैमहको ईतिहासमै पहिलोपल्ट अौपचारिक रूपमा उद्घाटन गरेर खोलिएको यो पहिलो रेष्टुरेन्ट हो । रस अल खैमहका क्रियाशिल सबै सामाजिक, राजनीतिक संघसंस्थाहरूलाई निम्तो गरीएको उद्घाटन कार्यक्रममा तीन सय भन्दा बढी नेपालीको सहभागीता थियो । यो भन्दा अघि पनि रस अल खैमहमा थुप्रै रेष्टुरेण्टहरू सञ्चालनमा आए र बन्द भएका हुन् ।

रेष्टुरेण्टको चर्चित लोक गायक तथा आन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, यूएईका महासचिव गोपी कृष्ण पंगेनी तथा रेष्टुरेन्टकै स्थानिय स्पोन्सर शेख हसन अलीले संयुक्त रूपमा उद्घाटन गरे । उद्घाटन लगत्तै ईनासद्वारा सञ्चालित हाम्रो लोक चौतारी वाट्सएप ग्रुपमा आवद्ध लोक गायक तथा गायिकाहरूले लोक भाकामा दोहोरी खेलेर कार्यक्रमको माहोल नै संगीतमय बनाउँदै छुट्टै मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा गैर आवासिय नेपाली संघ रस अल खैमह क्षेत्रिय कोषाध्यक्ष सन्तोष पौडेल, दैलेखी सेवा समाजका केन्द्रिय अध्यक्ष गणेश शाही, अर्घाखाँची सम्पर्क समिति रस अल खैमह क्षेत्रिय अध्यक्ष टमलाल पाण्डे, नेपाली जनप्रगतिशिल मञ्चका निबर्तमान उपाध्यक्ष तथा हाल युएई सचिवालय सदस्य धन बहादुर चन्द, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज रस अल खैमह क्षेत्रिय अध्यक्ष केविनजंङ शाही, बाग्लुङ सेवा समाज रस अल खैमह क्षेत्रिय समाजका गंगा पौडेल,  झापाली समाज यूएईका केन्द्रिय सदस्य रोशन दाहाल, दाङ देउखुरी समाज रस अल खैमह क्षेत्रिय सचिव अमर सिंह खत्री, एकता केन्द्रका संगिता थापा मगर, लोक गायक प्रकाश सुवेदी आदिले शुभकामना मन्तव्यका साथै नेपालीको एकल लगानीमा सञ्चालित यो रेष्टुरेन्टको सफलतासंगै सामाजिक सेवामा पनि अघि बढ्न अनुरोध गरेका थिए  ।

आज भन्दा ७ बर्ष अघि वयरहाउस क्लिनरको रूपमा यूएई आएका  काठमाडौका रेष्टुरेन्ट सञ्चालक राम क्षेत्रीले सबैलाई धन्यवाद ज्ञापन गर्दै नेपालीले नेपालीकै लगानीमा सञ्चालित सबै खाले संस्थाहरूमा यस्तै गरेर सधै टेवा दिन अनुरोध गर्नु भयो ।

कार्यक्रममा  झापाली समाजको अगुवाईमा सञ्चालित भिजिट भिसामा यूएई आई असामयिक निधन भएका झापाका स्व. विशाल मेचेको लागि अर्घाखाँची सम्पर्क समिति रस अल खैमहले उठाएको रकम हस्तान्तरण गरिएको थियो ।

साभार ः देशपरदेश

प्रतिक्रिया