९१ प्रतिशत रकम खर्च ः पन्थी
दैलेख, असार २५ – जिविस÷नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रमले यस वर्ष दैलेखमा ९१.७ प्रतिशत रकम खर्च भएको जनाएको छ । रिर्पोटर्स क्लव दैलेखमा आयोजित कार्यक्रममा कार्यक्रमका जिल्ला संयोजक तिर्थराज पन्थीले वार्षिक कार्यक्रमबारे सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा ९१.७ प्रतिशत खर्च भएको जानकारी दिएका हुन् ।
क्लवसंगको साझेदारीमा कार्यक्रमबाट भएगरेका क्रियाकलापको सार्वजनिककरण तथा समिक्षामा संयोजक पन्थीले दुई आर्थिक वर्षमा गरिएका कार्यक्रमका बारेमा कार्यपत्र नै प्रस्तुत गरेका थिए । गत आवमा २ करोड, ८६ लाख ८१ हजार खर्च गरियो भने यो वर्ष ४ करोड, २ लाख ४८ हजार ७ सय ३३ रुपैँया खर्च भएको जानकारी गराईयो । कार्यक्रमले कृषि, पशु तथा खाद्य सुरक्षा, वन ब्यवस्थापन तथा जैविक विविधता, वैकल्पीक उर्जा, जलवायू जन्य प्रकोप र भौतिक संरचना, मानविय श्रोत, क्षमता तथा जिविको पार्जन, मानव स्वास्थ्य र लापा अनुगमन तथा मुल्याकंन गर्ने जिल्ला कार्यक्रम संयोजक पन्थीले बताए ।
मौसकमा सधैभन्दा फरक पन आएमा त्यसलाई नै जलवायू परिवर्तन भनिने भएकाले त्यसबाट बच्नका लागि कार्यक्रमले विभिन्न कार्यक्रम गर्ने गर्दछ । कार्यक्रममा राजनितिक दल, नागरिक समाज, पत्रकारहरुले जलवायू परिवर्तनका विविध पक्षहरुबारे प्रश्न तथा छलफल गरेका थिए । ८० प्रतिशत बजेट समुदायस्तरमै जाने, स्थानीय अनुकुल कार्ययोजना तयार पारी कार्यान्वय गर्ने, प्रत्येक योजनाको जनलेखा परिक्षण गर्ने, सार्वजनिक सुनुवाई गर्ने र गुणस्तर योजना बनाउने प्राविधिक खटाउने लगायतका कार्यहरु गरिने कार्यक्रममा सार्वजनिक गरियो । स्थानीयहरु जलवायू परिवर्तन भईरहदा आफु अनुकुलका उपायहरु पहिचान गरी जिविकोपार्जन तथा जिवनयापन गर्न सक्ने भएको कार्यक्रममा बताईयो । कार्यक्रममा एनसिसिएसपीका क्षेत्रिय संयोजक भुपेन्द्रबहादुर शाहीले कार्यक्रमले तय गरेको लक्ष्य हासिल भएको बताए । उनले स्थानीयहरुबाटै अनुकुलका योजनाहरु तयार पारी कार्यान्वयन हुने र बजेट पनि समुदायमै जाने भएकाले कार्यक्रम प्रभावकारी भएको संयोजक शाहीले जानकारी दिए । कार्यक्रम जिल्लाका ८ गाविसमा सञ्चालित छ । नेपाली काँग्रेसका धनश्याम भण्डारी, एमाले सचिव जंगबहादुर शाही, नेकपा माओवादीका दिर्घबहादर शाही, राप्रपाका सुरतजंग शाही लगायत पत्रकारहरुले जलवायू परिवर्तनबारे जिज्ञासा तथा प्रश्नहरु राखे थिए । प्रश्न र जिज्ञासाको उत्तर कार्यक्रम संयोजक शाहीले दिएका थिए ।
प्रतिक्रिया