योजनामा निगरानी वढाउँदैै एलडिओ

योजनामा निगरानी वढाउँदैै एलडिओ

महेन्द्र सापकोटा
दैलेख २९ असार– जिल्लाका विभिन्न गाविसहरुमा भैरहेको विकास निमार्णको गतिविधिहरुको काम प्रभावकारी भए नभएको वारेमा स्थानीय विकास अधिकारी हरि प्याकुरेले गाउँमै पुगेर निगरानी राख्दै आएका छन् । स्थानीय विकास अधिकारी प्याकुरेलले गाउँ गाउँमा पुगी सम्झौता अनुसारको काम भए नभएको वारेमा निगरानी वढाएका हुन् ।

माथिल्लो डुगेश्वर– ब्यूराखेत– लालीकाँडा सडकको अनुगम गर्दै स्थानीय विकास अधिकारी हरि प्याकुरेल र सव इन्जिनियर हीरासिंह थापा ।
माथिल्लो डुगेश्वर– ब्यूराखेत– लालीकाँडा सडकको अनुगम गर्दै स्थानीय विकास अधिकारी हरि प्याकुरेल र सव इन्जिनियर हीरासिंह थापा ।

माथिल्लो डुगेश्वर– ब्यूराखेत– लालीकाँडा सडकको काम हेर्न पटक पटक योजना स्थल पुगेका स्थानीय विकास अधिकारी प्याकुरेलले उक्त योजनाको काम राम्रो भएको भन्दै प्रशंसा समेत गरेका छन् । छोटो समयमै उक्त योजनाको तिव्र गतीमा काम भएको र स्टिमेट अनुसार योजना संचालन भएको उनले बताए । विगतका वर्षहरुमा आलटालमै विकासका योजनाहरु देखाउने प्रवृतिले विकासमा गति नभएको भन्दै प्रत्येक योजना स्थलमा आफु पुगेको स्थानीय विकास अधिकारी प्याकुरेलको भनाइ छ । ‘माथिल्लो डुगेश्वर– ब्यूराखेत– लालीकाँडा सडकको काम राम्रो संग अगाडि वढेको छ’ प्याकुरेलले भने, ‘यस्ता योजनाहरुमा सवै पक्षबाट निगरानी भएमा विकास गर्न असम्भव छैन् ।’ करिव दुई साता अघिदेखिनै प्राविधिक लगेर उनले विकास योजनाको अनुगमनमा हिड्ने गरेका हुन् । विगतमा प्राविधिकसंग मिलेर काम नभएको भएपनि विल भरपाई मिलाउने गरेको गुनासो आएपछि स्थानीय विकास अधिकारी आफै विकास अनुगमनमा पुगेका हुन् ।
माथिल्लो डुगेश्वर– ब्यूराखेत– लालीकाँडा सडकको नियमित निगरानी राख्दै आएका जिल्ला विकास समिति दैलेखका सव–इन्जिनियर हीरासिंह थापाले उक्त सडकको काम प्रभावकारी भएको वताए । स्थानीय विकास मन्त्रालयबाट ५ सडकका निर्माणका लागि २ करोड ३० लाखको अख्तियारी आएको हो । दैलेखबजार–नौमुले–कालिका हुँदै जाजरकोट (जुनी) सडकमा ५० लाख, नौमुले– रापट– द्धारी सडकमा ४५ लाख, नौमुले–द्धारी सडकमा ४५ लाख, महावु– डिल्लीकोट– कालीकोट जुम्ला सडकमा ४५ लाख र माथिल्लो डुगेश्वर– ब्यूराखेत– लालीकाँडामा ४५ लाख मन्त्रालयले बजेट पठाएको जिविस दैलेखले जनाएको छ ।

प्रतिक्रिया