६ लाख चन्दाबाट सुन्दर प्रहरी आवास

६ लाख चन्दाबाट सुन्दर प्रहरी आवास

दुर्गा वि.सी
सल्यानको घाँजरीपिपल गाविस र माझकाँडा ९ नजिकैको सिमाना बालुवा संग्रहि वजारमा स्थानीयको सहयोगमा प्रहरी चौकि भवन निमार्ण गरिएको छ । गाविस तथा स्थानीयको चन्दा सर सहयोगमा बालुवासँग्रहि वजारमा बनगार प्रहरी चौकि भवन निमार्ण गरिदिएका छन् । Polish aabhash६ लाख लागतमा सम्पन्न भवनको निमार्ण कार्यको जिम्मा लगेका प्रमोद खड्काले स्थानीयवासि र २ गाविसको सहयोग तथा छरछिमेको चन्दाबाट प्रहरी चौकि भवन निमार्ण गरेको वताए । सरकारी पक्षबाट प्रहरी चौकि भवनमा निमार्णमा कुनै वास्ता नभए पछि आफुहरुको सक्रीयतामा सक्दो सहयोग गरि भाडाको घरमा बसेको सुरक्षा कर्मिलाई आफनै भवन निमार्ण गरिदिएका छन् । भवन मात्रै नभएर स्थानीयले सुरुमा चौकिलाई जग्गा दान गरि चन्दाबाट उठेको ६ लाख नगदले सुन्दर भवन निमार्ण गरि प्रहरीलाई हस्तानतरण गरेका छन् । नवनिर्मित बनगार प्रहरी भवनको सम्दघाटन क्षेत्रिय प्रहरी प्रमुख माधव प्रसाद नेपाल गरेका थिए भने भवन उद्घाटन कार्यक्रममा अञ्चल प्रहरी प्रमुख प्रेम चन्द,प्रमुख जिल्ला अधिकारी सल्यानका दुर्गादत पौडेल,जिल्ला प्रहरी प्रमुख श्याम खत्री लगाएतका माहानुभावहरुको उपस्थित रहेको थियो । स्थानीयको सरसहयोगमा प्रहरी आवस निमार्ण गरिदिएकोमा सुरक्षा निकायका प्रमुखहरुले खुसि व्यक्त गर्दै धन्यावाद समेत दिएका थिए ।

प्रतिक्रिया