राष्ट्रिय सेवा दल तालिम सुरु

राष्ट्रिय सेवा दल तालिम सुरु

दैलेख, साउन ४ गते – दैलेख सदरमुकामस्थित नेपाली सेनाको समरसुर गुल्मले त्रिभुवन उच्च माविका छात्रछात्रालाई राष्ट्रिय सेवादलको दोश्रो समूहको तालिम आजदेखि सुरु गरेको छ । छनौट भएका ३६ सहभागी र अभिभावक समेतको उपस्थितिमा प्रथम प्रवचन कार्यक्रम गरी औपचारिक सुरु गरिएको हो ।
IMG_1626यस अघि अघिल्लो वर्ष जिल्लामै पहिलो पटक यस विद्यालयबाट त्यति नै संख्या १८ छात्रा र १८ छात्र गरी ३६ जनालाई तालिममा सहभागी गराएको थियो । यस पटकको ४३ औं समूह हो ।
समरसुर गुल्मका गुल्मपति सूर्यकान्त घिमिरेले विदयार्थीको पढाईलाई बाधा नपर्ने गरी सहभागीहरुलाई ७९ दिन साँझ विहान जिल्लामै र २१ दिन क्याम्प ट्रेनिङ कोहलपुरमा दिइने जानकारी दिनुभयो । तालिमले किशोरावस्थामा मीत्रता, संगठित कार्य संचालन, नेतृत्व क्षमता विकास गर्ने उहाँले बताउनुभयो ।
तालिम उद्घाटन कार्यक्रममा निमित प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद भट्टराईले विद्यालयमा आधारित यस्तो तालिमले किशोरकिशोरीलाई अनुशासन र राष्ट्रियता सम्वन्धी भावना विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय निरिक्षक हेमकुमार ढकाल, जिल्ला खेलकूद विकास समितिका सदस्य शरद हमाल, त्रिभुवन उच्च माविका प्रधानाध्यापक निरकबहादुर तारामी, व्यवस्थापन समितिका अध्यक्ष गणेशी बीसी, अघिल्लो तालिमका उत्कृष्ट सहभागी टीका थापा लगायतले राष्ट्रिय सेवा दलको महत्व र यसले पार्ने व्यक्तिगत जीवनमा पार्ने सकारात्मक परिवर्तनका विषयमा विचार राख्नुभएको थियो ।

प्रतिक्रिया