कक्षा ११ सञ्चालनको अनुमती पत्र पाउन ८ लाखको भौचर बुझाउनु पर्ने

कक्षा ११ सञ्चालनको अनुमती पत्र पाउन ८ लाखको भौचर बुझाउनु पर्ने

भक्तपुर – यस बर्ष कक्षा ११ सञ्चालनको अनुमती पाएका विद्यालयहरुले ८ लाख रुपैंयाको भौचर भरेको प्रमाण शिक्षा विभागमा पेश गरेपछि मात्रै अनुमति पत्र प्राप्त गर्ने भएका छन् । यस अघि उच्च माध्यमिक शिक्षा परिषद्ले दिदैं आएको सम्बन्धनको काम शिक्षा ऐन संशोधन भएसँगै शिक्षा विभागमा सरे अनुसार विभागले प्रकृया शुरु गरेको हो । 

department of education-edukhabarसम्बन्धित जिल्ला शिक्षा कार्यालयको एक जना र विद्यालयका एक जना प्रतिनिधिको संयुक्त दस्तखतबाट मुद्धती खातामा जम्मा गरेको भौचरको प्रतिलिपि सहित सम्पर्क राख्न विभागले जिशकालाई निर्देशन दिएको छ । चार लाख रुपैंया ६ महिने र बाँकी ४ लाख तीन बर्षका लागि जम्मा गरेको हुनु पर्ने विभागको निर्देशनमा उल्लेख छ ।

यस अघि परिषद्ले तय गरेको शुल्ककै आधारमा रकम तय गरिएको विभागको सामुदायिक विद्यालय व्यवस्थापन शाखाका उपनिर्देशक योगेन्द्रप्रसाद बरालले बताए । उक्त रकम दाखिला गरेको भौचरको प्रतिलिपि र जिल्ला शिक्षा कार्यालयको पत्र साथ सम्बन्धित विद्यालयका प्रतिनिधिलाई पठाउन विभागले जिशिकालाई निर्देशन दिएको छ ।

यो वर्ष थप ६० विद्यालयले  कक्षा ११ सञ्चालनको अनुमति प्राप्त गरेका छन् । अनुमतिको प्रकृयामा रहेका तर सबै कागजात पुरा नभएका थप १३ वटा विद्यालयलाई पनि सबै प्रकृया पुरा गरी भौचर सहित आउन विभागले जिल्ला शिक्षा कार्यालय मार्फत् निर्देशन दिएको हो । निवेदन दिएका ती १३ वटा विद्यालय पनि आवश्यक कागजात सहित आएमा अनुमती पत्र दिने बरालले बताए ।

कक्षा ११ सञ्चालनका लागि १ सय १४ विद्यालयले अनुमति माग गरेकोमा सबै प्रक्रिया र मापदण्ड पुगेका ६० वटालाई अनुमति दिर्ने विभागले निर्णय गरेको थियो ।

ऐन लागू भएसंगै बसेको परीक्षा बोर्डको बैठकले कक्षा ११ र १२ को अनुमति र सम्वन्धी कार्य गर्नका लागि प्राप्त भएका निवेदन छानविन गरी आवश्यक निणर्यका लागि पेश गर्न शिक्षा विभागका महानिर्देशक खगराज बरालको अध्यक्षतामा शिक्षा विभागको शैक्षिक व्यस्थापन महाशाखाका निर्देशक र साविकको उच्च माध्यमिक शिक्षा परिषद् सम्वन्धन शाखा हेर्ने महाशाखा प्रमुख सदस्य रहेन गरी समिति गठन गरेको थियो ।

साभार ः इडुखवर

प्रतिक्रिया