उमाविमा वायरलेस इन्टरनेट सेवा जडान

उमाविमा वायरलेस इन्टरनेट सेवा जडान

भक्त वहादुर शाही
दैलेख,साउन ९ गते । यहाँका जिल्लाका २१ वटा सामुदायिक उच्च माध्यामिक विद्यालयहरुमा वायरलेस इन्टरनेट सेवा जडान गरिएको गरिएको छ । विद्यार्थीले कक्षा कोठामा अध्यायपन गराउने सहित बाहिय ज्ञान हासिल गरुन भन्ने उद्देश्यका साथ ती विद्यालयमा इन्टरनेट सेवा जडान गरिएको हो । शिक्षालाई सुचना र प्रविधिसँग जोड्न जिल्ला विकास समिति दैलखले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको सहयोगमा रुपान्तरण नेपाल मार्फत वायरलेस इन्टरनेट सेवा जडान गरिएको थियो ।

दैलेखको दुल्लूमा राखिएको वायरलेस इन्टरनेट रिपेटर टावर । वायरलेस इन्टरनेटको सेवाको जिल्लाका दुर्गमका विद्यालय सँस्थामा पु¥याउने उद्देश्यले त्यहा जडान गरिएको हो । तस्वीर ः भक्तबहादुर शाही÷दुल्लू
दैलेखको दुल्लूमा राखिएको वायरलेस इन्टरनेट रिपेटर टावर । वायरलेस इन्टरनेटको सेवाको जिल्लाका दुर्गमका विद्यालय सँस्थामा पु¥याउने उद्देश्यले त्यहा जडान गरिएको हो ।
तस्वीर ः भक्तबहादुर शाही÷दुल्लू

विद्युत लाइन पुगेका र सोलार जडान गरिएका क्षेत्र–१ का १३ विद्यालय साथै निर्वाचन क्षेत्र–२ का ८ वटा उच्च माध्यामिक विद्यालहरुमा वायरलेस इन्टरनेट जडान गरिएको छ । इन्टरनेट जडान गरिएका सम्पुर्ण विद्यालयका कम्युटर शिक्षकहरुलाई हकहप्ते कम्युटर तालिम दिएको छ ।
विद्यालयहरुलाई साउण्ड सिस्टम ,मिडास ई क्लासहरु तथा क्षेत्र –२ का २ वटा उच्च माध्यामिक विद्यालयहरुलाई प्रोजेक्टर समेत प्रदान गरिएको छ । हाल ती विद्यालहरुमा अनलाई कक्षा शुरु भएको छ ।
परियोजना सञ्चालन गर्न निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमबाट दैलेख जिल्लाका साँसद अम्मरबहादुर थापा र लक्ष्मी प्रसाद पोखरेलले बजेट विनियोजन गरेका हुन् ।हाम्रे शिक्षालाई देशभित्र नभई विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यले सार्वजनिक शिक्षा सुधारका लागि जागरण ल्याउदै शिक्षामा सुचना,सञ्चार तथा प्रविधिको प्रयोगले प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने हेतुले परियोजना अगाडी बढाईएको हो । शिक्षालाई देशभित्र मात्र नभई विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन गर्ने उद्दृेश्यले परियोजना सञ्चालन गरिएको हो । सार्वजनिक शिक्षा सुधारका लागि जागरण ल्याउने र शिक्षामा सुचना,सञ्चार तथा प्रविधिको प्रयोगले प्रतिस्पर्धी जनशक्ति उत्पादन हुनेमा परियोजना आशावादी रहेको छ ।
इन्टरनेट सुचारु भएपछि विद्यार्थीहरुलाई इमेल,इन्टरनेट फोन,समाचार आदान प्रदान ,चेतना मुलक भिडियो सेयरिङ,सुरक्षा व्यवस्था,शिक्षा र नयाँ नयाँ आविष्कार गतिविधिहरुको प्रयोग बढेको भैरव उच्चमाध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक पुर्णबहादुर भण्डारीले जानकारी दिनुभयो । इन्टरनेट सेवा सुचारु भए पश्चात स्कुलमै बसेर विश्वमा भईरहेका गतिविधिहरु बारे सहजै जानकारी लिनमा सहयोग पुगेको बताउनुभयो । इन्टरनेट सेवा शुरु भएपछि स्कुलको प्रशासनिक काममा पनि सहजता आएको छ उहाँले थप्नुभयो ।
परियोजनाका माध्यामबाट इन्टरनेट प्रयोगले विविध विषयगत सम्बन्धि विश्वभरि भएका नयाँ नयाँ सुचनाहरु शिक्षक विद्यार्थीहरुले सहजै जानकारी प्राप्त गर्न र शिक्षालाई बढी भन्दा बढी खोज अनुसन्धानमुलक बनाउन ठुलो टेवा पुग्ने रुपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले बताउनुभयो । यस परियोजनाले सुचना,सञ्चार तथा प्रविधिको माध्यमबाट दैलेख जिल्ला शिक्षा क्षेत्रको सुधारका लागि ठुलो टेवा पुग्नुका साथै गाउँ ठाउँमा अवसर नपाएर दविएर रहेका प्रतिभा व्याक्तित्वहरुलाई विश्वभरि आफ्ना,प्रतिभाहरु देखाउन सक्ने बातावरण पनि सिर्जना हुने शाहीले दाबी गर्नुभयो ।
वायरलेस इन्टरनेट माध्यमबाट शिक्षा सम्बन्धी एप्स खोज्न सकिनेछ । लोकसेवा,नेपाली उखानटुक्का ,नेपाली सामान्य ज्ञान,गाउँ खाने कथा,लर्न नेपाली,क्विज नेपाल अल नेपाल इजुकेशन,सामान्य ज्ञान जस्ता ज्ञानवद्धक समाग्री खोजेर एप्सबाट ज्ञान लिन सकिने अर्का अभियन्ता सुर्य वस्नेतले बताउनुभयो । देशका दुर्गम ठाउँका मानिसका प्रतिभा अवसर नपाएर दविएर रहेका हुन्छन् । उहाँहरुको प्रतिभालाई विश्वभरी आफन प्रतिभा देखाउन र वातावरण सिर्जना गर्न वायरलेस जडानले सहयोग पु¥याउँछ उहाँले भन्नुभयो ।

प्रतिक्रिया