वार्षिक समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठी सम्पन्न

वार्षिक समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठी सम्पन्न

दैलेख– सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको ११ औँ वार्षिक समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । संस्थाद्धारा संञ्चालित परियोजनाहरुको वार्षिक प्रगति समिक्षा, रणनैतिक योजना तर्जुमाका साथै क्षमता विकास क्रियाकलापहरु संचालन गरि सम्पन्न भएको छ ।

वार्षिक समिक्षा तथा रणनैतिक योजना तर्जुमा कार्यक्रमलाई उद्दघाटन गर्दैै संस्था अध्यक्ष मञ्जु कुमारी खड्का
वार्षिक समिक्षा तथा रणनैतिक योजना तर्जुमा कार्यक्रमलाई उद्दघाटन गर्दैै संस्था अध्यक्ष मञ्जु कुमारी खड्का

दैलेख, कालिकोट र अछाम जिल्लामा संञ्चालित विभिन्न परियोजना अन्र्तरगत उत्थानशिल जिविकोपार्जन सवलिकरणमा सामुदायिक पहल सुदृढिकरण परियोजना (सरल), उच्च मूल्य कृषि वस्तु विकास आयोजन, सामाजिक आर्थिक विकास कार्यक्रम, ग्रामिण जलश्रोत ब्यावस्थापन परियोजना, सहयात्रा रियोजना, जलस्रोत ब्यावस्थापन कार्यक्रम, महिला, युवा तथा वालवालिका प्रवद्र्धन कार्यक्रम, अधिकारमा आधारित जिविकोपार्जन सुधार परियोजना, एकिकृत सामुदायिक विकास परियोजना र सोसेकको आन्तरिक कोषवाट संचालित कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा कार्यक्रम संयोजकहरु र सामाजिक परिचालकहरुले कार्यक्रम संञ्चालन गर्दा सिकेका सिकाईहरु, आईपरेका समस्या तथा चुनौतीहरु आदान प्रदान गर्नु भएको थियो ।

वार्षिक समिक्षा तथा रणनैतिक योजना कार्यक्रमका सहभागिहरु
वार्षिक समिक्षा तथा रणनैतिक योजना कार्यक्रमका सहभागिहरु

कार्यक्रमा सामाजिक परिचालनमा सहयोग पुराउने उद्धेश्यका साथ क्षमता विकास कार्यक्रम संञ्चालन गरिएको थियो । संस्थाको वाल संरक्षण निती, जेसी पोलिसी, भष्टचार विरुद्धको निती लगायतका विभिन्न निति नियमहरुका विषयमा संस्थाका कार्यकारी निर्देशक डम्वर वहादुर कार्कीले पष्ट पार्नु भएको थियो । क्षमता विकास क्रियाकलाप तर्फ सामाजिक परिचालन, विपद् जोखिम ब्यावस्थापन, लैङ्गिक तथा सामाजिक सवावेशीकरण, दन्द्ध ब्यावस्थापन, नेतृत्व विकास लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष मञ्जु कुमारी खड्काले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल विभिन्न चुनौतिको सामना गदै यहाँ सम्म आइपुगेको र छिमेकी जिल्लमा आप्mनो कार्य क्षेत्र विस्तार गर्न सफल भएको वताउनु भएको थियो । संस्थाका कार्यसमिति पदाधिकारीहरु, विभिन्न समिति उपसमिति सदस्यहरु, संस्थामा कार्यरत सम्पुर्ण कर्मचारीहरु, संस्थाका सरोकारवाला समुदायवाट वालवालिकाका प्रतिनिधीहरु, युवा संजालका प्रतिनिधीहरु र महिला संजालका प्रतिनीधिहरुको सहभागिता रहेको उक्त कार्यक्रमको समापन समारोहमा वोल्दै संस्थापक अध्यक्ष हीरासिंह थापाले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाललाई ११ औँ वार्षिक समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठी सम्म ल्याई पुय्राउन सहयोग गर्नुहुने सम्पुर्ण आजिवन सदस्य साधारण सदस्य कार्यसमिति सदस्य, परियोजना संयोजक तथा सामाजिक परिचालक र सरोकार राख्ने निकायलाई धन्यावाद प्रकट गर्नु भएको थियो ।

SOSEC ARP (4)

वार्षिक समिक्षा तथा रणनैतिक योजना कार्यक्रमको समापन समारोहमा वोल्दै संस्थापक अध्यक्ष हीरासिंह थापा
वार्षिक समिक्षा तथा रणनैतिक योजना कार्यक्रमको समापन समारोहमा वोल्दै संस्थापक अध्यक्ष हीरासिंह थापा

संस्थाले लिएका रणनैतिक उद्देस्य अनुरुप कर्मचारी साथीहरुको क्षमता विकासद्धारा पारदर्शिता, शुसासन कायम गर्न हरेक वर्ष वार्षिक समिक्षा तथा रणनैतिक योजना तर्जुमा कार्यक्रम गर्ने गरेको कार्य समिति सदस्य झलक भण्डारीले वताउनु भयो । सहभागिको तर्फवाट वोल्दै पदम वहादुर शाहीले मैले अरु संघ संस्थामा धेरै वर्ष काम गरे तर सवैसंग सामुहिक छलफल हुने अवसर मिलेन तर सामाजिक सेवा केन्द्र (सोसेक) नेपालमा आए देखि नै मैले यस प्रकारका कार्यक्रममा भाग लिने अवसर मिलेको छ यसले हामी सवैमा एक आपसमा परिचय हुने, संस्थाद्धार संचालित कार्यक्रमको वारेमा जानकारी र संस्थाका निति नियमको अभिमुखिकरणले आगामी दिनमा काम गर्न सजिलो भएको महशुस गरेको छु । मिति २०७३ श्रावण ११ देखी १३ गतेसम्म संञ्चालित गोष्ठि संस्थाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक वीर वहादुर नेपालीको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई वाल संरक्षण निती, जेसी फोकल व्यक्ति तथा कार्यक्रम संयोजक दुर्गा गिरीले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया