चिट चोर्ने नयाँ शैली, मोवाईल नै चिट ।।

चिट चोर्ने नयाँ शैली, मोवाईल नै चिट ।।

एसएलसी मौका परिक्षाको पहिलो दिन अंग्रेजी विषयमा दैलेखको सरस्वती उमावि परिक्षा केन्द्रमा चिट चोर्ने नयाँ शैली देखिएकोछ । उक्त परिक्षा केन्द्रमा मोवाईलबाटै फोन गरेर परिक्षार्थीहरुले चिट चोरेको भेटिएको छ । एसएलसी मौका परिक्षाकै फाईदा उठाउँदै परिक्षार्थीले मोवाईलबाटै प्रश्न उत्तर गरेपछि मोवाईल कब्जामा लिईएको छ । उनीहरुले अंग्रेजी शिक्षकलाई मोवाईलबाट फोन गरेर उत्तर लेख्न थालेको भेटिएपछि जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद गोतामेले मोवाईल नियन्त्रणमा लिनु भएको थियो । मोवाईलबाट फोन गरेर उत्तर सार्न लागेका आधा दर्जन मोवाईल कब्जामा लिईएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । निरिक्षकका अनुसार पहिलो पटकलाई चेतावनी दिएर परिक्षामा सहभागी गराईएको छ, परिक्षार्थीको भविष्यलाई हेरेर चेतावनी दिएर छाडिएको र डरै नमानेर मोवाईलबाटै चिट् चोरेको भेटिएको जनाईएको छ । गेटबाटै कडा चेकिङ्ग गरेर परिक्षा हलमा बसाल्दा समेत मोवाईल प्रयोग गरेको भेटिएको सहायक केन्द्राध्यक्ष गणेश उपाध्यायले बताउनु भयो । १ हजार ६७ जना परिक्षार्थीले त्रिभुवन उमावी र सरस्वती उमावीबाट परिक्षा दिएका छन् । परिक्षामा जिल्लाका ९० विद्यालय सहभागी रहेका थिए ।

प्रतिक्रिया